
पाल्पा । नेतृत्व राष्ट्रिय त्रैमासिक पत्रिकाको नयाँ अंक बजारमा आएको छ । पत्रिकाको वर्ष २८, अंक २ बजारमा आएको हो ।
सार्वजनिक तथा परिचर्चा कार्यक्रममा सम्पादक गोविन्द भट्टराईले अक्षर चिनेको श्रीराम आधारभूत विद्यालय बगनासकाली–१, घोरबन्दामा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख डा.टंक पन्थ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्ति प्रसाद बश्याल, पात्र जीतेन्द्र गाहाले संयुक्त रुपमा पत्रिका सार्बजनिक गर्नुभएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष तिमिल्सेनाले नेतृत्व पत्रिकाका सबै अंक संग्रहणीय र पठनीय तथा विषयवस्तु समावेशी रहेको बताउनुभयो । उहाँले पत्रिकाको निरन्तरताको शुभकामना व्यक्त गर्नुभयो ।
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रमुख डा. पन्थले नेतृत्वका हरेक अंक महत्वपूर्ण छन् भन्दै यो अंकका सामग्री समेत सान्दर्भिक र पठनीय रहेका बताउनुभयो । नेतृत्वका पात्र जीतेन्द्र गाहाले परिवर्तन भएपनि जनभावना अनुरुप काम नहुँदा नागरिकमा निराशा बढेको बताउदै नेतृत्वले साझा र समावेशी सामग्री समेटेकोले पठन संस्कृतिलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा समाजसेवी ध्रुबराज ढुंगानाले नेतृत्व विविधतायुक्त र संग्रहालय जस्तै रहेको बताउदै निरन्तरताको लागि शुभकामना व्यक्त गर्नुभयो ।
श्रीराम आधारभूत विद्यालयका प्रधानाध्यापक गुनबहादुर गाहाले नेतृत्वले समाजमा योगदान दिएको, ओझेलमा परेका पात्रको खोजविन गरेको, सामग्री पठनीय बनाएको बताउनुभयो । पत्रिकाका सम्पादक भट्टराईले विभिन्न विषयबस्तु सहित आफूले अध्ययन गरेको नयाँ अंक सार्बजनिक गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै समय अनुसार पाठकको रुचि अनुसारका विषयबस्तु पत्रिकामा उठान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । श्रीराम आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष बश्यालले नेतृत्वले समावेशी सामग्रीसहित आउँदादिनमा अझ परिस्कृत हुँदै निरन्तर प्रकाशनका लागि शुभकामना व्यक्त गर्नुभयो ।







