
पाल्पा । जेनजीको आन्दोलन पाल्पामा शान्तिपूर्ण रुपमा भएको छ । जेनजीहरुको समूहले नेकपा एमाले, नेपाली कांग्रेस पार्टी कार्यालय, तानसेन नगरपालिका कार्यालय,सांसद ठाकुराप्रसाद गैरे, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठको निवासमा पुगेर कालोझण्डा गाडेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुको पुल्ता लिएर नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडि जलाइएको थियो ।














