प्रथम युनियन कप हुने

पाल्पा । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति, पाल्पाको आयोजनामा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

कर्मचारी युनियनको केन्द्रीय स्थापना दिवसको अवसरमा भदौं १८ गतेदेखि प्रथम युनियन कप २०८२ अन्तरगत ब्याडमिन्टन प्रतियोगिता हुने लागेको हो ।

एउटै कार्यालयमा कार्यरत कर्मचारीहरुको समूहले मात्र सहभागिता जनाउन पाउने गरी संचालन हुन लागेको प्रतियोगितामा सहभागी हुन भदौ १५ गतेसम्म समूह दर्ता गर्न सकिने आयोजनकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहले विस हजार, द्वितीय हुने समूहले दश हजार र तृतीय हुने २ समूहले पाँच । पाँच हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका संयोजक जीवन रानाले जानकारी दिनुभयो ।

दुई दिनसम्म चल्ने प्रतियोगिता तानसेन १ भूषलडाँडा कभर्डहलमा संचालन हुने छ । जसका लागि दर्ता शूल्क एक हजार पाँच सय तोएिको कर्मचारी युनियन पाल्पाका अध्यक्ष ओमप्रकाश न्यौपानेले बताउनुभयो । उहाँले दर्ता शूल्कबाटै खेलाडीलाई जर्सी निशुल्क उपलब्ध गराइने बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय