
पाल्पा । श्रीनगर भलिबल क्लबको आयोजनामा तानसेनको टुँडिखेलमा संचालित दोस्रो रणउजिरेश्वरी कप अन्तरगत शुक्रबार पुरुष भलिबलतर्फको लिग चरणका चार खेल सम्पन्न भएको छ ।
पहिलो खेलमा फ्रेन्स फरेभर टोकियो जापान क्लब गल्याङ्ग विजयी भएको छ । उसले बेस्ट अफ पाइभ अन्तरगतको खेलमा जिल्ला भलिबल क्लबलाई ३–२ ले पराजित गरेको हो । यस्तै दोस्रो खेलमा न्यू होराइजन क्लब बुटवलले जिएस समाज नवलपुरलाई ३–२ ले पराजित गर्यो । तेस्रो खेलमा मणीमुकुन्द भलिबल क्लबले न्यू होराइनज क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
यस्तै शुक्रबार सम्पन्न चौथो खेलमा मणीमुकुन्द भलिबल क्लबले फ्रेन्स फरेभर टोकियो जापान क्लब गल्याङ्गलाई ३–० को सोझो सेटमा हराये बाकी खेल शनिबार हुनेछन् । भाद्र १ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुनेले एक लाख ७५ हजार, द्धितिय हुनेले एक लाख २५ हजार, तृतिय हुनेले ६० हजार र सान्तवना हुनेले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने श्रीनगर भलिबल क्लबका अध्यक्ष कृष्णबहादुर आलेले जानकारी दिनुभयो ।







