रणउजिरेश्वरी कपमा महिलाको लिग चरणको खेल सम्पन्न

पाल्पा । श्रीनगर भलिबल क्लबको आयोजनामा तानसेनको टुँडिखेलमा संचालित दोस्रो रणउजिरेश्वरी कप अन्तरगत महिला भलिबलतर्फको लिग चरणको खेल सक्किएको छ ।

शुक्रबार सम्पन्न श्रीनगर भलिबल क्लब र कानुङ्ग मगर भलिबल क्लबबीचको खेलमा २–० को सोझो सेटमा कानुङ्ग मगर भलिबल क्लबले जित हात पारेको छ । योसंगै शनिबार हुने सेमिफाइनल खेलका लागि चार समूह छनोट भएका छन् भने, आयोजन श्रीनगर भलिबल क्बल बाहिरिएको छ ।

सेमिफाइनलका लागि चण्डेश्वरी भलिबल क्लब रिब्दीकोट, न्यू होराइजन क्लब तानसेन, कानुङ्ग मगर भलिबल क्लब र निस्दी भलिबल क्लब छनोट भएको श्रीनगर भलिबल क्लबकी उपाध्यक्ष विपना रानाले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने समूहले ३० हजार, द्धितिय हुनेले २० हजार, तृतिय हुनेले १० हजार र सान्तवना हुनेले ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय