गाउँपालिकालाई सडक सञ्जालले जोड्दै बगनासकाली

पाल्पा । बगनासकाली गाउँपालिकाले नागरिकको माग र आवश्यकतालाई ध्यानमा राखेर गाउँपालिकालाई सडक सञ्जालले जोड्दै लगेको छ । समृद्ध बगनासकाली बनाउने जनप्रतिनिधिको संकल्प रहे अनुसार विकासको मुख्य मेरुदण्डका रुपमा रहेको सडक विस्तार तथा स्तरोन्नतिमा ध्यान दिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले मुख्य सडकको रुपमा रहेको चिलाङ्दी राम्दी सडक जुन सडक तत्कालीन जिल्ला विकास समितिले २०४९ सालबाट सुरु गरेको भएपनि अहिले विभिन्न निकायको समन्वयमा कालोपत्रको काम अन्तिम चरणमा पुराएको छ । निमार्ण व्यवसायीका कारण समयमै पूरा हुन नसकेको काम जनप्रतिनिधि र कर्मचारीको सक्रियतामा अगाडि बढेको छ ।

गाउँपालिका भित्र पर्ने राष्ट्रिय गौरवका आयोजना मध्येको कालीगण्डकी करीडोर बगनासकाली खण्ड करिव ३३ किलोमिटर सडक समेत स्तरोन्नति हुने कामले तीव्रता पाएको छ । जसको निमार्ण सम्पन्न भएपछि यातायातकाृ पहुँच वृद्धि हुनुका साथै उत्पादनको बजारीकरमार्फत नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । यस्तै अहिले गाउँपालिका अन्तर्गत खानीगाउँ दैलातुङ सडक खण्ड र गुगाँ दरपुक सडक खण्ड समपुर र संघीय बजेटमा सुनिश्चित गर्न सफल भएकोले अप्ठेरो सडकहरु छिटै पूरा हुने विश्वास उहाँको छ ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाले वडाबाट केन्द्रसम्म जोड्ने मुख्य सडक, वडा कार्यालय पुग्ने सडक, स्वास्थ्य चौकी, विधालय पुग्ने मुख्य सडकहरु कालोपत्र गर्ने, ग्रावेल गर्ने, सडक फराकिलो बनाउने, सडकको घुम्ती, मोडहरुमा ढलान गर्ने जस्ता कामलाई प्राथमिकता दिएर काम गरिएको बताउनुभयो । उहाँले बाह्रै महिना सडकमा सवारीसाधन र नागरिक सहज रुपमा चल्न सक्ने गरी सहडक व्यवस्थापनको काम भैरहेको बताउनुभयो ।
गाउँपालिकाको केन्द्र, संगै १ नं. वडा, २ नं. वडा, ३ नं. वडा, ७ नं. वडा, र ९ नं. वडा गरी ५ वटा वडासम्म पक्की सडक पुगेको छ । ४ नं. वडा, ५ नं. वडा, ६ नं. वडा र ८ नं. वडाको केन्द्रसम्म जाने सडकको स्तरोन्नति गरेर नियमित यातायात सञ्चालन गर्ने वातावरण निर्माण गरिएको उपाध्यक्ष पाठकको भनाइ छ ।

बगनासकाली गाउँपालिका अन्तरगत आर्थिक वर्ष २०८१÷०८२ मा जम्मा ३ सय २४ वटा योजना सम्झौता भएकोमामा ७७ वटा सडक पूर्वाधारको रहेको प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले बताउनुभयो । जसमा समपुरक कोष तर्फका ३ वटा योजनाको कार्य सम्पन्न भएको उहाँले बताउनुभयो । जसमा चिलाङ्दी,बगनास नायर, चौपारी खानीछाप राम्दी मोटरबाटो, सुर्यमुखी दैलातुङ र पोखराथोक वडा कार्यालय चिउरी गौडा ठुलो चौपारी नौवीसे मोटरबाटो ढलान हुँनुका साथै घोरबन्दा कोठेचौर मोटरबाटो कालोपत्र, खोरबारी शिखर मोटरबाटो कालोपत्र, चिलाङदी, गोपाल्दी, मालारानी सडक कालोपत्र भएको प्रवक्ता टीकाबहादुर थापाले बताउनुभयो ।

गत आर्थिक वर्षमा मात्रै गाउँपालिकाले कालोपत्र १ दशमलव ७५ किमी, कच्ची सडक ३४ दशमलव ५ किमी, मोटरबाटो ग्राभेल ३ दशमलव ८४ किमी, ढलान २ दशमलव २१ किमी, कच्ची नाली १२ दशमलव ८० किमी, पक्की नाली ३ दशमलव १ किमी निर्माण गरिएको इन्जिनियर प्रमोद कुँवरले बताउनुभयो । (करूवा पत्रिकाबाट)

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय