प्रेस चौतारी तानसेन नगर कमिटीको अध्यक्षमा पराजुली

पाल्पा । प्रेस चौतारी नेपाल तानसेन नगर कमिटीको अध्यक्षमा पवित्रा पराजुली चयन हुनुभएको छ । शुक्रबार तानसेनमा भएको तानसेन नगर कमिटीको दोस्रो अधिवेशनबाट पराजुली अध्यक्ष चयन हुनुभएको हो । यस अघि पराजुली नगरकमिटी सचिव हुनुहुन्थ्यो ।

अधिवेशनले पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा सिर्जना थापा क्षेत्री, सचिवमा सन्तोष पृथी कोषाध्यक्षमा सिर्जना बोहरा र सदस्यहरुमा संजिला कार्की, सुमित रेग्मी र एलिसा जिसी चयन हुनुभएको प्रेस चौतारी नेपाल पाल्पाका सचिव दयाराज न्यौपानेले जानकारी दिनुभयो ।

अधिवेशनमा निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज मिलन विश्वकर्माले संगठनमा क्रियाशील हुँदा व्यक्तित्व विकासका साथै नेतृत्व क्षमता बढ्ने बताउनुभयो । यस वर्ष संगठनले सदस्यहरुको क्षमता विकासका लागि प्रशिक्षण वर्ष घोषणा गरेर गतिविधि गर्दै आएको बताउदै उक्त अभियानमा सहयोग हुने गरी क्रियाकलाप संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटी सचिव कृष्ण पोखरेल, जिल्ला अध्यक्ष कृष्ण कार्की, निर्वतमान अध्यक्ष राजेन्द्र लिगल, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले पत्रकारिताका माध्यमबाट समाज रुपान्तरण अभियानमा जोडिने सबैलाई बधाई ज्ञापन गर्दै आफ्नो पेशागत क्षमता अभिवृद्धि गर्दै संगठनलाई चलायमान बनाउन आग्रह गर्नुभयो । जसका लागि संगठनको जिल्ला, प्रदेश र केन्द्रले आवश्यक सहजीकरणमा सहयोग गर्ने बताउनुभयो ।

तानसेन नगर कमिटी अध्यक्ष गुणवती केसीको अध्यक्षामा भएको अधिवेशनमा नवनिर्वाचित अध्यक्ष पराजुलीले सबै संगको समन्वय र सहकार्यमा नगर कमिटीलाई चलायमान गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय