
पाल्पा । गायक प्रेम लामिछाने मगरको कचकचे जोई तीज गीत बजारमा आएको छ । लामो समयदेखि सञ्चार र गायन क्षेत्रलाई पेशागत हिसाबले अंगाल्दै आउनुभएका लोकदुनियाको साथी लामिछाने मगरले नयाँ गीत बजारमा ल्याउनुभएको हो ।
समाज अनि घरपरिवार भित्र श्रीमान अनि श्रीमती बिचको झगडालाई गीतको भिडियोमा देखाउन खोजिएको गायक लामिछाने मगरले बताउनुभयो । उहाँले भिडियोमा टेली सिरिएलकी चर्चित अभिनेत्री नबिना सिलवाल (खुइली) र स्वयम आफ्नो अभिनय रहेको बताउनुभयो ।
मरुभूमिनारायणको छायांकनमा रहेको उक्त भिडियोमा सम्पादन तथा निर्देशन रोशन धितालले गर्नुभएको छ । यस गीतमा लामिछाने मगर, शान्तारानी परियार, प्रदिप गिरी र मन्जली बस्यालको स्वर समावेश रहेको छ । विशाल रायमाझीको शब्द रहेको गीतमा चर्चित कलाकार रिजन न्यौपाने (पुरन)को संगीत रहेको छ । गीतमा सन्जय श्रीपालले म्युजिक एरेन्ज गर्नुभएको छ ।









