
पाल्पा । पूर्वखोला गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लासग ४६ करोड ८३ लाख ४४ हजार ९९५ रुपैयाँ बजेट पारित गरेको छ ।
गाउँपालिकाको १७ औ गाउँ सभाको चौथो बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व व्यवस्थापन विधेयक, बाल संरक्षण नीति , आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम, विनियोजित विधेयकसहित बजेट पारित गरेको हो ।
गाउपालिकाकले संघीय समपुरक बजेटबाट खल्लुक भाङ्ज्याङ विर्ता सडक स्तरोन्नति आयोजनाका लागि एक करोड ३५ लाख, प्रदेश समपुरक तर्फ सेर्काबास हेक्लाङ सडक स्तरोन्नतिको लागि ९० लाख हटिया जनमार्ग माध्यमिक विद्यालय सडक स्तरोन्नतिको लागि ६० लाख, संघीय विशेषतर्फ विद्यालय आइसिटी व्यवस्थापनको लागि ७३ लाख, प्रदेश विशेषतर्फ सुन्तलाजात फलफूल बगैंचा स्थापना तथा सुदृढीकरण कार्यक्रम वडा नम्बर २ जल्पा र वडा नम्बर ५ विकोटको लागि १८ लाख विनियोजन गरिएको छ ।
यस्तै गाउँपालिका स्तरीय आयोजनामा आकस्मित तथा विपद् व्यवस्थापनको लागि २० लाख, असल अभ्यास मिडिया कार्यक्रमको लागि ३ लाख, युवा स्वरोजगार कार्यक्रमको लागि ८ लाख ५० हजार, मनोसामाजिक परामर्श कार्यक्रमको लागि ५ लाख, मगर भाषा संरक्षण कार्यक्रमको लागि ३ लाख, देवीनगर वडालाई पूर्ण सरसफाई कार्यक्रमको लागि ३ लाख, प्रशासनिक भवनको लागि २० लाख, कृषि तथा पशुपंक्षि विकास परियोजनाको लागि एक करोड, बालमैत्री स्थानीय शासन कार्यक्रमको लागि १२ लाख, ढोलिमारा सामुदायिक सास्कृतिक घर निर्माणको लागि १० लाख, सहकारी प्रवद्र्धन कार्यक्रमको लागि २ लाख, डोजर जेसिभी खरिदको लागि ५५ लाख र ६ वटा वडालाई ६० लाखको दरले बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो ।
स्थानीय पाठ्यपुस्तक लेखन तथा छपाईको लागि ७ लाख, सुत्केरी शिक्षक विदामा बस्दा स्वयंसेवक शिक्षकको लागि ५ लाख ५० हजार, शिक्षक र विद्यालयलाइ ल्यापटप प्रोजेक्टर व्यवस्थापनको लागि ७ लाख २० हजार, अभिभावक विहिन बालबालिकाको छात्रवृत्तिको लागि ३ लाख ५० हजार, नेपाल स्काउट कार्यक्रमको लागि ३ लाख, बाल कक्षा कोठा व्यवस्थान क्षमता विकास शैक्षिक सामाग्री निर्माणको लागि ४ लाख ५० हजार, अभिभावक शिक्षाको लागि ३ लाख , नसर्ने रोग सम्बन्धि स्वास्थ्य शिविर ६ वटा वडामा गर्ने गरी ४ लाख, अति विपन्न तथा महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य बिमाको लागि ४ लाख, सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धि अभियानको लागि २ लाख, उच्चरक्तचाप, मधुमेह औषधि खरिदको लागि ८ लाख, महिला स्वास्थ्य स्वयंसेविकालाइ मासिक भत्ता तथा खाजाको लागि ९ लाख ३६ हजार गरी शिक्षा शाखालाई जम्मा २ करोड ११ लाख र स्वास्थ्य शाखालाइ ७० लाख, कृषि शाखालाई २५ लाख, पशु सेवा शाखालाइ १५ लाख बजेट विनियोजन भएको उपाध्यक्ष भागीरथी भट्राईले बताउनुभयो ।
सोही अवसमार यस वर्ष ५ लाख भन्दा माथिका आयोजना मध्य सबै भन्दा उत्कृष्ट काम गर्ने तल्लो लेमधेम मोटरबाटो स्तरोन्नति आयोजना उपभोक्ता समितिका अध्यक्ष सन्तोष कुमार बारघरे सचिव सुनिता ढेंगा, कार्यक्रम अधिकृत विनोद नेपाल, स्वास्थ्यतर्फ पदम बहादुर थापा दर्लामीलगायतलाई सम्मान गरिएको सूचना अधिकारी मोहन ढकालले बताउनुभयो ।








