
पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले जबरजस्ती करणीको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
तानसेन नगरपालिका वडा नम्बर १० क्षेत्रीटोल बस्ने ६२ वर्षीय तारा बहादुर कार्की एक युवतीलाई जबरजस्ती करणी गरी फरार भएको डेढ वर्षपछि पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार तारा बहादुरमाथि २०८० पुस २० गते पाल्पाकी २३ वर्षीय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा उजुरी दर्ता भएको थियो ।
पीडित युवतीको आमाले २०८० पुस २२ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा जाहेरी दिएपछि फरार तारा बहादुरलाई खोजी गरिरहेको प्रहरीले उनलाई
आइतबार तानसेन नगरपालिका वडा नम्बर ४ लहरेपिपलबाट नियन्त्रणमा लिई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।