
पाल्पा । गायिका सलिना विकको नयाँ गीत ‘प्रतीक्षामै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । बहुचर्चित गीत “चाईने जो जिन्दगानीमा” पछि गायिका सलिना वि.क को नयाँ गीत “प्रतीक्षामै” म्युजिक भिडियोसहित सार्वजनिक भएको हो ।
गर्भ तुहिनु महिलाको आफ्नो दोष नभई उमेर, थाइराइड, पिसिओएस, र वंशाणुगत जस्ता कारणहरूले असर पार्न सक्छन् र यसको उपचार र उपाय सम्भव छ भन्ने सामाजिक सन्देश सार्वजनिक गरिएको म्युजिक भिडियो मार्फत दिइएको छ ।
स्वास्थ्यकर्मी सीमा ज्ञवालीको शब्द तथा राजेश कुमार श्रेष्ठको संगीतमा रहेको ‘प्रतीक्षामै’ बोलको गीतलाई जिरो आवर डिजिटल युटुव च्यानलमार्फत सार्बजनिक गरिएको हो । महिलाहरुको भावनात्मक संवेदनशीलतालाई यस म्यूजिक भिडियोमा चर्चित कलाकारद्वय सुधिर श्रेष्ठ र बिना राउतको जीवन्त अभिनयबाट प्रस्तुत गरिएको छ ।
काठमाडौंको कमलादी स्थित म्युजिक क्लाउड स्टुडियोमा रेकर्डिङ्ग गरिएको यस गीत को भिडियोमा सुरेश पाण्डेको निर्देशन तथा कलात्मक कोरियोग्राफी देख्न सकिन्छ ।