पूर्वखोलाको नीति तथा कार्यक्रम पारित

पाल्प । पूर्वखोला गाउँपालिका गाउँ सभाको १७ औं अधिवेशनको पहिलो बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम पारित गरेको छ

गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम छलफलसहित पारित भएको हो ।

अध्यक्ष थापाले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा पूर्वखोला गाउँ पालिकाले किसान परिचयपत्र वितरण गर्ने, कृषि तथा पशु पंक्षिको बिमा गर्ने, रैथाने बालिको उत्पादनमा जोड दिने, उत्पादनमा आधारित प्रोत्साहन अनुदान दिने, हल गोरु पाल्नेलाई सम्मान गर्ने, उत्पादित पशु तथा कृषि उपजलाइ सहकारी मार्फत विक्रि गर्ने, एक वन एक रिचार्ज पोखरी निर्माण गर्ने, अभिभावक विहिन बालबालिकाको अभिभावकतत्व ग्रहण गर्ने, पढदै कमाउदै कार्यक्रम संचालन गर्ने, ५ कक्षासम्म मगर भाषाको अध्यापन सुरु गर्ने , प्लास्टिक मुक्त गाउँपालिका बनाउने, देविनगर वडालाई पूर्ण सरसफाई वडा घोषणा गर्ने , बालमैत्री गाउँपालिका बनाउने, एक वडा एक व्यवस्थित खेलमैदान निर्माण गर्नेलगायत कार्यक्रम समावेस गरिएको छ ।

अधिवेशनको पहलिो बैठममा नीति तथा कार्यक्रम बारे छलफलमा गाउँ सभाका सदस्य बासुप्रसाद न्यौपाने , समुन्द्रा भारती, भुवन सिंजाली र यम बहादुर थापाले सुझाव राख्नु भएको थियो । छलफलबाट प्राप्त नतिजालाई समावेस गर्ने गरी नीति तथा कार्यक्रम पारित गरिएको सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । सोही अवसरमा कृषि शाखाबाट पशुपालन, तरकारी फलफूल, खाद्यान्न उत्पादन गर्ने ५ जना कृषकलाइ नगद पाँच हजारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

अधिवेशनको दोस्रो बैठक मंगलबार बस्ने र उक्त बैठकमा बजेटसहित विभिन्न विषयगत शाखाको प्रगति प्रतिवेदन प्रस्तुत हुने सूचना अधिकारी मोहन ढकाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय