सोमबारदेखि होटेल पौवाको ‘स्वादउत्सव’ सुरु

पाल्पा । होटल पौवाले आफ्नो स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा ‘स्वादउत्सव’ कार्यक्रम सोमबारदेखि सुरु हुने जनाएको छ ।

चैत २५ देखि २९ गतेसम्म होटेल पौवाले पाल्पालगायत सबै शाखामा ‘स्वादउत्सव’ कार्यक्रम आयोजना गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएको हो ।

‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल नाराका साथ नेपाली आतिथ्यतासहितको सेवा दिँदै आएको होटेल पौवाले वार्षिकोत्सवको अवसरमा नयाँ कार्यक्रम गर्न लागेको होटल पौवा पाल्पाका प्रबन्धक यदु भटराईले जानकारी दिनुभयो । जसमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको व्यवस्था गरिने उहाँको भनाइ छ ।

पौवा पाल्पाले समय समयमा नेपाली स्वाद, नेपालीपनको मनैदेखिको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने विशेष कार्यक्रमहरू गर्दै आएको छ । नेपाली पहिचान दिने सेवालाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको प्रबन्धक भटराईले बताउनुभयो ।

नवौँ वार्षिकोत्सवको अवसरमा संचालन हुने स्वादउत्सवमा पाल्पा शाखाबाट मात्र तीन हजार बढी पाहुनालाई प्रत्यक्ष भेट गरी निमन्त्रणापत्र दिइएको छ । ती सबै अतिथि पाहुनाहरूलाई पौवामा आएर खानाको स्वाद लिन पौवा पाल्पाले आग्रह गरेको लेखापाल सन्जु कार्कीले बताउनुभयो । अहिले होटल पौवाको देशभर १८ वटा शाखा रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय