दोस्रो तानसेन महोत्सवको तयारी पूरा

पाल्पा । शुक्रबारदेखि सुरु हुने दोस्रो तानसेन महोत्सवको तयारी पूरा भएको आयोजक पाल्पा व्यापार संघले जनाएको छ ।

संघले तानसेनमा पत्रकार सम्मेलन गरी तानसेनको खस्कदो आर्थिक गतिविधिलाई चलायमान बनाउन स्थानीय सरकार र व्यवसायीसंगको सहकार्यमा आयोजना गरिएको महोत्सवको तयारी सकिएको जनाएको हो ।

तानसेनसहित समग्र जिल्लाको पर्यटन, व्यापार, रोजगारी, कृषि, उद्योगको विकास र विस्तारमा महत्वपूर्ण टेवा पुुृ¥याउने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष विष्णु बहादुर कार्कीले बताउनुभयो । उहाँले महोत्सव चैत्र २२ गतेदेखि २०८२ वैशाख ३ गतेसम्म तानसेन टुंडिखेलमा सञ्चालन हुने बताउनुभयो ।

पत्रकार सम्मेलनमा पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले जिल्लाको आर्थिक विकासमा महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले पाल्पाली पत्रकारहरुले सदैव पाल्पाको विकासमा एकताका साथ सहयोग गर्दै आएकोले गुण र दोषका आधारमा सहयोग गर्ने बताउनुभयो ।

यसपटकको महोत्सवको आर्कषकको रुपमा फिस टनेल, औद्योगिक वस्तु तथा सेवाहरुको प्रर्दशनी, लद्यु उद्यमी तथा व्यवसायीहरुलाई प्रोत्साहन गर्ने कार्यक्रम, कृषि तथा स्थानीय उत्पादनको बजारीकरण र प्रर्वद्वन, स्थानीय भाषा, कला सांस्कृति, धार्मिक मूल्य मान्यताहरुको संरक्षण तथा स्थानीय प्रविधि र उत्पादनलाई प्रोत्साहन गर्ने किसिमको क्रियाकलापहरु हुने अध्यक्ष कार्कीको भनाइ छ ।

महोत्सवमा विशेष प्रर्दशनी अन्र्तगत कृषि तथा पशुपंक्षी प्रतियोगितात्ममक कार्यक्रम स्थानीय उत्पादनको प्रर्दशनी विभिन्न टोल विकास संस्था, विद्यालय, विभिन्न संघसंस्थालगायतको झाँकी ¥याली प्रर्दशन गरिने संघका महासचिव तुलबहादुर अधिकारीले बताउनुभयो । उक्त झाँकी ¥यालीमा उत्कृष्ट हुनेलाई पुरस्कार स्वरुप (प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ३० हजार, तेस्रो हुनेलाई २० हजार र सान्त्वनालाई ५ हजार), र सम्पूर्ण सहभागी समूहलाई सहभागिताको प्रमाण पत्र प्रदान गरिने बताउनुभयो । महोत्सवमा तानसेन डान्स आइडल २०८१÷०८२ को आयोजना गरिएको छ । जसमा पहिलो हुनेले ४५ हजार ५ सय ५५, दोस्रो हुनेले ३० हजार ५ सय ५५ र तेस्रो हुनेले २० हजार ५ सय ५५ प्राप्त गर्ने छन् । यस्थै विद्यालय स्तरीय नृत्य प्रतियोतिता पनि रहनेछ उक्त प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार ५ सउ ५५, दोस्रो हुनेले १० हजार ५ सय ५५ र तेस्रो हुनेले ५ हजार ५ सय ५५ रुपैयाँसहित प्रमाण पत्र र पुरस्कार प्राप्त गर्ने संघका कार्यसमिति सदस्य गोकुल पौडेलले बताउनुभयो ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको दैनिक प्रस्तुति रहनेछ । जसमा स्थानीय कलाकारहरुलाई प्राथमिकता दिइने छ । कृषि, उत्पादन, लघु तथा घरेलु प्रर्दशनी, शैक्षिक सामाग्री प्रर्दशनी, बैङ्क तथा वित्तियसंस्था, सूचना प्रविधी, अटोमोबाइल, स्वास्थ, पर्यटन तथा अन्य स्वदेशी उत्पादन र बालउद्यान साथै होटल तथा रेष्टुरेन्टकालगायतका ३०० बढी स्टल रहेका छन् । महोत्सवको समयमा करिब ५ लाख बढी दर्शकले मेलाको अवलोकन गर्ने र यस अवधीमा करिब ८ करोड भन्दा माथीको कारोबार हुने अनुमान गरेको आयोजकले जनाएको छ ।

महोत्सव प्रवेशका लागि साधारण टिकटको मूल्य ७५ रुपैयाँ र विद्यार्थी सहुलियत टिकटको मूल्य ५० रुपैयाँ रहेको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रवेश निशुल्क गरिएको छ । महोत्सवको व्यवस्थापनको पक्ष एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रालि चितवनले हेरेको छ भने महोत्सवको मुख्य आयोजक तानसेन नगरपालिका रहेको संघका प्रेस संयोजक दयाराज न्यौपानेले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय