गणतन्त्रलाई सफल बनाउन एमाले पाल्पाकाे मोटरसाइकल र्‍याली

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाल्पाले तानसेनमा मोटरसाइकल ¥याली निकालेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल र सुढृढ बनाउनका लागि र्‍याली निकालिएको आयोजकले जनाएको छ ।

तानसेनको टुंडिखेलबाट सुरु भएको मोटरसाईकल ¥यालीमा सहभागीहरुले नेकपा एमालेको निर्वाचन चिन्ह सूर्य र पार्टी झण्डासहित अराजकता चाहिदैन, शान्ती सुरक्षा कायम गर, तिनकुने घटनाका दोषीहरुलाई कारवाही गर, राजतन्त्र चाँहिदैन जस्ता नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए । र्‍याली टुँडिखेल, भिमसेनटोल, नारायाणस्थान, मेहलधारा, गैरागाउँ, भुसालडाँडा, शिवालय मन्दिर, भगवतीटोल, अशनटोल, मखनटोल, सिल्खानटोल टक्सार, सितलपार्टी हुँदै पुनः टुँडिखेलमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै एमाले पोलिटव्युरो सदस्य खिमलाल भट्टराईले दुई÷चार जना बोल्दैमा र अराजक गतिविधी गर्दैमा गणतन्त्र हटेर राजतन्त्र नआउने बताउनुभउो । उहाँले राजावादीहरुले पैसा, गुण्डागर्दी र सार्वजनिक तथा व्यक्तिगत सम्पत्ति तोडफोड लुटपाट तथा हत्या हिंसाको भरमा राजतन्त्र ल्याउन खोज्नु मुर्खता भएको बताउनुभयो । कुनै पनि राज्य व्यवस्था, विधि, प्रक्रिया, जनमतको आधारमा मात्र परिवर्तन हुने बताउदै मात्र एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका भट्टराईले कथित राजावादी आन्दोलनले लोकलान्त्रिक गणतन्त्रलाई थप बलियो बनाएको दावी गर्नुभयो ।

सभामा नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले लोकतान्त्रिक गणतन्त्रलाई सफल र सुढृढ बनाउन जिल्ला–जिल्लाबाट राजनीतिक कार्यकर्ताहरुले सक्रिय भूमिका खेल्ने बताउनुभयो । उहाँले देशमा गणतन्त्र आएपछि मात्र सबैको अधिकार सुनिश्चित भएको बताउदै गणतन्त्रलाई सफल र सुढृढ बनाउने अभियानमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको सचिव रामजी पोखरेले जानकारी दिनुभयो ।

सम्बन्धित खवर