स्ववियु निर्वाचनमा अनेरास्ववियु अनुजा प्यानलको जनमत बढ्दो

पाल्पा । त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिदै गदाँ अनेरास्ववियुकी अनुजा अर्यालको प्यानलमा जनमत बढ्दो देखिएको छ ।

फरक संगठनबाट निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुले नै अनेरास्ववियुकी नेतृत्वलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि जनमत झन बढेको हो ।

तीन दशकपछि क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा महिला उम्मेदवार पाएपछि अर्यालको प्यानलमा जनमत देखिएको मतदात समेत रहनुभएकी तुलसा घर्तीमगरले बताउनुभयो । उहाँले अर्यालले विद्यार्थी र क्याम्पसको हितका लागि उठाएका विषय र सवालहरुले धेरै विद्यार्थीहरुको मन तान्न सफल भएको बताउनुभयो ।

लामो समयदेखि नेतृत्व गरेका संगठनहरुले कुरा मात्र गरेकोले वास्तवमै विद्यार्थी, क्याम्पसको शैक्षिक अवस्था सुधार गर्ने योजना अर्याल नेतृत्वको प्यानलले अघि सारेकोले विद्यार्थीमाझ लोकप्रिय बनेकाे विद्यार्थी सीता सोतीले बताउनुभयो ।

नेपालमा सर्वसाधारणका लागि शिक्षा क्षेत्र खुला भएको ७४ वर्ष भइसक्दा समेत शैक्षिक संस्था अझैपनि उस्तै रहेको र त्यसको सुधारका लागि अनेरास्ववियुकातर्फबाट अनुजा अर्याल नेतृत्वको प्यानलले अगाडि सारेको योजना विश्वसनीय रहेको त्रिभुवन बहुमुखी क्याम्पसकी विद्यार्थी सोतीको भनाइ छ । उहाँले क्याम्पसको अध्यापनलाई प्रविधिमैत्री बनाउन पहल गर्ने योजनाले सबैको मन छोएको बताउर्दैै असल, अनुशासित र क्षमतावान अर्यालको नेतृत्व छान्न विद्यार्थीहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

अध्यक्ष पदका उम्मेदवार अर्यालले पछिल्लो समय अनेरास्ववियुको पक्षमा माहोल बढेकाले सामाजिक सञ्जाललगायत विभिन्न क्षेत्रमा जिम्मेवार व्यक्तिहरुले नै गलत सूचना प्रवाह गरिरहेको बताउनुभयो । उहाँले गलत र भ्रामक सूचनाका पछि नलागेर अनेरास्ववियुलाई थप जनमत जुटाउन खटेर लाग्न अनुरोध गर्नुभयो ।

चैत्र ५ गते हुने स्ववियु निर्वाचनमा पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पस सभापतिमा अनुजासँगै चार जनाको उम्मेदवारी परेको छ । जसमा अनेरास्ववियुबाट अनुजा अर्याल, अनेरास्ववियु क्रान्तिकारीबाट मिलन घर्ती, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु छैठौंको संयुक्त प्यानलबाट कृष्ण अर्याल र नेकपा एस निकट अनेरास्ववियू स्वतन्त्रबाट उमेश भण्डारीको रहनुभएको
छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय