अखिल (छैठौं )पाल्पाको तेस्रो जिल्ला भेला सम्पन्न

पाल्पा । अखिल (छैठौं )पाल्पाको तेस्रो जिल्ला भेला तानसेनमा सम्पन्न भएको छ ।

भेलाको उद्घाटन गर्दै अखिल छैठौंका महासचिव पुरन पोख्रेलले बर्तमान नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउनुभयो । उहाँले नेपालको शिक्षा प्रणालीलाई नेपाली माटो सुहाउँदो बनाउनु पर्नेमा जोड दिनुभयो । उच्च शिक्षा हासिल गर्नकै लागि हजारौ विद्यार्थी विदेश जानु पर्ने बाध्यात्मक अवस्था रहेको र अर्बौं रुपैयाँ देश बाहिर खर्च भएको अवस्थाले देशको अर्थतन्त्रमानै समस्या ल्याएको महासचिव पोख्रेलको भनाइ थियो ।

भेलामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोम कुमार कार्की, अखिल नेपाल ट्रेड युनियनका केन्द्रीय उपाध्यक्ष टिकाराम पौडेल, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, अखिल नेपाल शिक्षक संघका प्रतिनिधि रुपचन्द्र थापालगायतले भेला सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

भेलाले ज्योति दर्लामीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समितीसहित ४ जना सल्लाहकार समेत चयन गरेको छ । नयाँ बनेको समितिको उपाध्यक्षमा सुस्मिता गाहा, सचिवमा जानकी राना, सहसचिवमा मनिषा सिंजाली, कोषध्यक्षमा करिना चित्रे र सदस्यहरुमा अन्जली फाल, युगेश सारु, अमृत गैरे, सन्जु गैरे, अस्मिता चित्रे, यमु सिंजाली, सविता खाम्चा र एक जना पछि मनोनित गर्ने गरी समिति चयन भएको छ । यस्तै गरी भेलाले समितिको सल्लाहकार अम्शु ठडराई, खुमी पुलामी, शक्ति सिंजाली र सुष्मा आलेलाई चयन गरेको छ ।

सम्बन्धित खवर