राष्ट्रिय स्वास्थ्यकर्मी महासंघकाे अध्यक्षमा ढकाल

पाल्पा । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल पाल्पाको अध्यक्षमा मोहन ढकाल चयन हुनुभएको छ ।

बुधबार तानसेनमा सम्पन्न महासंघको चौथो जिल्ला अधिवेशनले ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध भयन गरेको हो । नवनिर्वाचित ढकाल पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हुनुहुन्छ ।

यसैगरी ढकालको नेतृत्वमा बनेको नयाँ कार्यसमितिमा उपाध्यक्ष खुल्ला तर्फ चन्द्रतारा बस्याल, महिला उपाध्यक्ष रिता थापा, सचिवमा सुुनिल अधिकारी, उपसचिवमा केशबबहादुर जिसी र कोषाध्यक्षमा गिताकुमारी श्रेष्ठ रहेनुभएको छ । यस्तैगरी सदस्यहरुमा खुल्लातर्फ हरिबहादुर कुमाल, चन्द्रा चलाउने , सुनिता सारु, जयबहादुर सोमै, नेत्रप्रसाद पोखरेल र पालिकातर्फबाट मिना बम (निस्दी), विष्णु परियार (रामपुर), शान्ता खराल (बगनासकाली), झपेन्द्र घिमिरे (तानसेन), मनिषा लोहनी (माथागढी) माया परियार (रिब्दीकोट) रामप्रसाद न्यौपाने (रैनादेवी छहरा) रोशन रावल (तिनाउ) र रत्ना फाल (पूर्वखोला) रहेनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष ढकालले राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको विधान अनुसार समन्वय र सहकार्यका साथ सम्पूर्ण सदस्यहरुको हितलाई ध्यानमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय