महाशिवरात्रीमा होटल पौवा पाल्पाले भजन कीर्तन गर्ने

पाल्पा । होटल पौवा पाल्पाले विगतका वर्षमा जस्तै महाशिबरात्री पर्व विशेष कार्यक्रम सहित मनाउने तयारी गरेकाे छ ।

गत वर्षमा झै यसवर्ष पनि होटल पौवा पाल्पाले आफ्ना ग्राहक तथा पाहुनाहरुलाई शिवरात्री पर्वका दिन भजन कीर्तनमा नचाउने भएको हो ।

शिवरात्रीको प्रसाद, पौवाको स्वाद ! संस्कृतिको संरक्षण, भजन कीर्तनको उल्लास्, शिवरात्री पौवासँग मनाऔं संगै नाचौँ, सँगसँगै खाऔं भन्ने नाराका साथ पाल्पासहित होटल पौवाका १७ वटा शाखामा शिवरात्री विषेश कार्यक्रम आयोजना भएको पाल्पा शाखाका प्रबन्धक यदु भटराईले जानकारी दिनुभयो । उहाँले शिबरात्रीका दिन भजन टोलिले भजन कीर्तन प्रस्तुत गर्ने र परम्परा अनुसारको शिव प्रसाद खुवाइने बताउनुभयो ।

सेवा शुभारम्भको छोटो समयमै लोकप्रियता कमाउन सफल होटलको तानसेन शाखाले नेपाली आतिथ्यतासहित विभिन्न धार्मिक तथा सांस्कृतिक पर्व महोत्सवहरूमा विशेष कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । नेपाली कला, संस्कृति, भाषा, धर्म, पर्व र रैथाने खानाहरुलाई प्रवद्र्धन गर्दै आएको यस होटलले शिवरात्रीका दिन भजनकिर्तनमा ग्राहकलाई नचाउर्दै आएको छ ।

पौवाले पाल्पाको पर्यटन क्षेत्रको विकास संगै सामाजिक उत्तरदायित्व समेत बहन गर्दै नेपाली संस्कृतिलाई जगेर्ना गर्ने र धार्मिक तथा सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले होटल व्यवसायलाई देशभर जोड्ने लक्ष्य सहित चाडपर्व विषेश कार्यक्रमको आयोजना गरेको लेखापाल सन्जु कार्कीले बताउनुभयो । यस पवित्र दिनमा आफ्नो धर्म संस्कृति र परम्परालाई आत्मसात गरी पौवामा उपस्थित भएर प्रसाद ग्रहणका लागि होटल परिवारले विशेष आमन्त्रण सहेत गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय