लुम्बिनी र गण्डकीका मुख्यमन्त्रीको बैठक माघ ३० गते रानीमहलमा बस्ने

पाल्पा । पाल्पाको ऐतिहासिक तथा मुख्य पर्यटकीय गन्तव्यका रुपमा रहेको रानीमहलमा लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीको समन्वय बैठक माघ ३० गते बस्ने भएको छ । जसका लागि रानीमहलमा आवश्यक तयारीलाई तीव्र रुपमा अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयलगायत प्रदेशका मन्त्री, मुख्य सचिव, सचिवहरुकोसमेत सहभागिता रहन अन्तरप्रदेश समन्वय बैठकमा विकासका साझा सवालको पहिचान, सिर्दाथ राजमार्गको स्तरोन्नति, कालीगण्डकी करिडोरको प्रयोगबाट लिन सकिने फाइदा र दुई प्रदेशको कर प्रणाली, राजश्व, रोयल्टी र पर्यटन विकासका साझा एजेन्डाका विषयमा आवश्यक निर्णय गर्नेगरी समन्वय बैठक हुन लागेको लुम्बिनी प्रदेश मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रामबहादुर राउतले जानकारी दिनुभयो । नेपालको संविधानको धारा २३३ को व्यवस्था अनुसार अन्तर प्रदेश सम्वन्ध विस्तारका लागि समन्वय बैठकलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ छ ।

यस्ता बैठकले प्रदेशबाट तर्जुमा हुने र भएका विकास निर्माण याेजनाका साथै अन्य विषयवस्तुमा सहयोग, समन्वय र सहकार्यको वातावरण निर्माण हुने विश्वास लिइएको जनसम्पर्क सल्लाहकार राउतको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय