
पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रैनादेवी छहरा गाउँ समितिको अध्यक्षमा युवा नेता पदम सोमै चयन हुनुभएको छ ।
आइतबार नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको प्रमुख आतिथ्यतामा भएको गाउँ समितिको तेस्रो अधिवेशनबाट सोमैको अध्यक्षतामा ४१ सदस्यीय गाउँ समिति चयन गरिएको । जसको उपाध्यक्षमा कबिता खनाल, शिव न्यौपाने र वीर बाहादुर पोखरेल, सचिवमा प्रदिप पौडेल, सहसचिवमा कमला थापा र कोषाध्यक्षमा विष्णु बस्याल चयन हुनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) रैनादेवी छहरा गाउँ समितिले जनाएको छ । नवनिर्वाचित गाउँ समिति अध्यक्ष सोमैले सबैसंगको समन्वय र सहकार्यमा पार्टीलाई अझ बलियो र फराकिलो बनाउँदै जनताको सेवामा निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।