स्थापना दिवसमा प्रेस चौतारी पाल्पाको दिपप्रज्वलन

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले संगठनको २७ औं केन्द्रीय स्थापना दिवसका अवसरमा दिपप्रज्वलनसहित छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

शाखाले आफ्नै कार्यालयमा दिपप्रज्वलन गरेर स्थापना दिवस मनाएको हो । कार्यक्रममा नेकपा एमाले पाल्पाका उपसचिव तथा प्रचार विभाग प्रमुख दीपक विश्वकर्माले मुलुकमा भएका ठूला परिर्वतनमा पत्रकार र पत्रकारहरुको संगठनको भूमिका महत्वपूर्ण रहेको बाउनुभयो । उहाँले प्रगतिशील पत्रकारहरुको साझा संस्थाका रुपमा रहेको चौतारीका सम्पूर्ण कलमजीवीहरुले माक्सवादी दृष्टिकोणलाई केन्द्रमा राखेर लेखन कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । मंगलबार सम्पन्न नवौं जिल्ला अधिवेशनबाट कृष्ण कार्कीको नेतृत्वमा चयन भएको शाखाको कार्यसमितिलाई सफलताको शुभकामना व्यक्त गर्दै प्रचार विभाग प्रमुख विश्वकर्माले सबैलाई साथमा लिएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्र्चाज कमलराज तिमिल्सेनाले प्रगतिशील पत्रकारहरुले २०५५ सालमा स्थापना गरेको प्रेस चौतारी अहिले देशमै ठूलो पत्रकारहरुको संगठन भएको बताउनुभयो । उहाँले श्रमजीवीहरुको हकहितको रक्षाका लागि संगठन सधै क्रियाशील रहेकोले पत्रकारहरु जनतालाई सूचना दिने सवालमा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा पाल्पा इन्चार्ज मिलन विश्वकर्माले प्रेस चौतारी नेपाल प्रगतिशील, देशभक्त र जनपक्षीय पत्रकारिता गर्ने पत्रकारहरूको संस्था भएको बताउनुभयो । उहाँले चौतारीले सञ्चारकर्मीका हक हित, पेशागत विकास र भौतिक सुरक्षाका क्षेत्रमा पैरवी गर्दै आएकोले यस्ता विषयलाई थप प्रभावकारी रुपमा उठाउनुपर्नेमा जोड दिनुभयो ।

दिपप्रज्वलन कार्यक्रममा प्रेस चौतारी नेपाल पाल्पाका संस्थापक अध्यक्ष केशवराज नेपाल, निर्वतमान अध्यक्ष राजेन्द्र लिगललगायतले केन्द्रीय स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संगठनमा आवद्ध पत्रकारहरूले सूचना, विचार र अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर काम गरिरहनुपर्ने बताउनुभयो । नागरिक अधिकारको सुनिश्चितता र लोकतन्त्रको सम्वद्र्धनका निम्ति संगठनलाई सदैव सक्रिय बनाउनुपर्ने उहाँहरुको भनाइ थियो ।

कार्यक्रम प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता तथा सचिव दयाराज न्यौपानेको संचालनमा भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय