माओवादी शसक्त रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्छ : उपमहासचिव पुन

पाल्पा । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले माओवादी केन्द्रले शसक्त रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले सदन र सडकबाट नतिजामूखी प्रतिपक्षको भूमिका देखाउने बताउनुभएको हो ।

बिहीबार प्रेस सेन्टर पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री समेत रहनुभएका नेता पुनले माओवादी सरकारमा नगएर जनताका बिचमा जाने र आगामी निर्वाचनमा एक्लै चुनावी लड्ने गरी तयारी गर्ने बताउनुभयो । उहाँले शेयर बजार आधुनिक र कामकाजी बनाउनुपर्ने बताउँदै स्टक एक्सचेन्जमा विचौलिया खेलिरहेको बताउनुभयो । सरकारले प्रतिशोधको भावना साँधेर काम गरिरहेको बताउर्दै नेता पुनले सरकारले स्वेच्छाचारी ढंगले शासन गर्ने प्रयास गरेको आरोप समेत लगाउनुभयो ।

सरकारले सदनबाट पास गर्नुपर्ने विषयलाई अध्यादेश मार्फत ल्याउनु गलत भएको बताउर्दै नेता पुनले संविधानले व्यवस्था गरेको अध्यादेश ल्याउने व्यवस्था ‘अति जरुरी विषयमा बाहेक सामान्य विषयवस्तुलाई अध्यादेश जारी गर्नु राम्रो नभएको बताउनुभयो । पत्रकार सम्मेलन सेन्टरका अध्यक्ष कृष्ण दर्नालको अध्यक्षता र संचालन सचिव कमल अधिकारीले गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय