पूर्वखोलाका मेलमिलापकर्तालाई पुनर्ताजगी तालिम

पाल्पा । पूर्वखोला गाउँपालिकामा रहेका सामुदायिक मेलमिलापकर्ताहरुलार्य पुनर्ताजगी तालिम दिइएको छ । दुई दिन सम्म चलेको तालिम मेलमिलापकर्ता जनशक्तिलाई विवाद समाधान गर्न, अझ अब्बल, निष्पक्ष र सहज वातावरणको सिर्जना गरी सहमतिमा ल्याई समुदाय स्तरमा विवाद समाधान तथा निराकरण गर्ने उद्देश्यले आयोजना गरिएको हो ।

तालिममा गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले सामुदायिक मेलमिलापकर्ताहरुको कारण समाजमा आइपर्ने साना खालका विवाद तथा समस्याहरु स्थानीयस्तरमै समाधान हुने भएकाले क्षमता विकासका लागि तालिमले सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।

पूर्वखोला गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक भागिरथी शर्मा भट्टराईले वडा÷वडामा हुने ससाना विवाद र समस्या समाधानमा मेलमिलापकर्तालाई सक्रिय बनाउन तालिम प्रभावकारी रहेको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले सिकोको ज्ञान र सीप विवाद समाधानमा लगाउन सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले न्यायिक समिति र सामुदायिक मेलमिलापकर्ताहरुको समन्वयमा ग्रामीण भेगमा हुने सामान्य विवाद समाधान गर्न, कानुनी र न्यायिक समाजको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वखोला गाउँपालिकाका कानूनी सल्लाहकार नारायण प्रसाद ज्ञवाली, अधिबक्ता शान्ती बस्याल र मेलमिलापकर्ता अम्बिका बस्यालले तालिमको सहजीकरण गर्नुभएको गाउँपालिकाका सुचना अधिकारी मोहन ढकालले जानकारी दिनुभयो ।

गाउँपालिकाका ६ वटै वडाका वडा अध्यक्षहरू, १८ जना सामुदायिक मेलमिलापकर्ता र न्यायिक समितिका सदस्यहरू, गाउँपालिका ३ नं. वडाका साविक ९ वटा वडाका आमासमूहका प्रतिनिधिहरू तालिममा सहभागिता रहेको न्यायिक समिति सदस्य सचिव शर्मिला चौधरीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय