नेपाली समाज युएईको महाधिवेशन सकियो

पाल्पा । नेपाली समाज, युएईको १६ औं महाधिवेशन सकिएको छ ।

नेपाली राजदुतावास अबुधाबीका राजदुत तेज बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिबेसनले राम बहादुर मोक्तानको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । जसको पार्षद् अध्यक्ष कमल गिरी, वरिष्ठ उपाध्यक्षमा टंक बहादुर थापामगर, केदार कुँवर, रेशमराज खनाल, केशव ढकाल, रामबाबु न्यौपाने, राम प्रसाद श्रेष्ठ, लक्ष्मि पौडेल, तारा सिंह विष्ट, पार्षद् उपाध्यक्ष हुमराज बि.क., महासचिव जीवन पंगेनी, सचिवहरू प्रकाश दत्त बडु, अमित पाण्डे, ऋषिराम लम्साल, रमा न्यौपाने पन्थ, पार्षद् सचिव सुरेन तामाङ, कोषाध्यक्ष कृष्ण प्रसाद तिमिल्सीना, सह–कोषाध्यक्ष, लीलाप्रसाद भट्ट, प्रवक्ता युवराज भट्टराई, केन्द्रीय सदस्य एवं महिला विभाग प्रमुख संगिता नेपाल अधिकारी, केन्द्रीय सदस्यहरू जीवलाल पाण्डे, सिर्जना थापा, बुद्द बहादुर तामाङ, डिल्लीराम तामाङ, गान्देव घिमिरे, कमल बहादुर लावती, महेश्वर घिमिरे, मणिराम गैरे र नेत्र बहादुर घर्तिमगर निर्वाचित भएको निर्वाचन समिति सदस्य सचिव माधव न्यौपानले जानकारी दिनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी क्षेत्रीले नेपाली समाजको सक्रियताको प्रशंसा गर्नुभयो । उहाँले यूएईका हरेक कुनामा रहेका नेपालीहरूमा पर्न गएको समस्या समाधान र निराकारणका लागि आवश्यक सहजीकरण, समन्वय गर्दै दुतावासलाई सही सूचना प्रदान गर्नमा समाजको उल्लेख्य भूमिका रहेको बताउनुभयो ।

दुतवासका उपप्रमुख रन्जिता दाहाल, श्रम काउन्सुलर दिपेन्द्र पौडेललगायतका विशिष्ट व्यक्तिहरू, यूएईका लागि नेपाल सरकारका तर्फबाट अवैतानिक पर्यटन दुत मनोज नेपाललगायतको विशेष उपस्थिती रहेको कार्यक्रमका अध्यक्ष बेदप्रसाद अर्यालले नेपाली समाजको महत्व र भूमिका स्थापित गर्न आफ्नो नेतृत्व सफल रहेको महसुस गरेको कुरा व्यक्त गर्दै कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णप्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

यसका साथै अर्यालले आफ्नो कार्यकालमा यूएईमा रहेका आपतविपद्मा परेका नेपालीहरूको सहयोगका लागि ३५ औं स्थापना दिवस विशेष साँस्कृतिक कार्यक्रम गरी कोष निर्माण गरेको, स्वदेशमा गत वर्ष गएको भुकम्पमा दिवंगत भएकाहरूको सम्झनामा संयुक्त अक्षयकोष स्थापना गरेको, समस्यामा परेका नेपालीहरूको उद्दार, मृत्युवरण गरेका नेपालीहरूको शव व्यावस्थापन, जटिल स्वास्थ समस्यामा परेका नेपालीहरूको उपचारलगायतका काममा सहयोग, समन्वय र सहजीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिएको समेत जानकारी गराउनुभयो ।

सोहि अवसरमा समाजको १५ औं कार्य समितिले आजिवन सदस्यता वितरण गरेका करिब ८० जना सदस्यहरूलाई सदस्यता प्रमाण पत्र वितरण गरिएको थियो । तत्कालिन समयमा सन् १९९० तिर खाडी युद्धका कारण यस क्षेत्रमा कार्यरत रही समस्यामा परेका नेपालीहरूको सहयोग र सहजीकरणका लागि स्थापित समाज सुरूका दिनमा दुतावासको भूमिका निर्वाह गरी मध्य पूर्वि एशियाकै अग्रणी सँस्थाको रूपमा ३६ वर्षे इतिहासलाइ साक्षी राखेर सामाजिक सेवामा निरन्तर सक्रिय रहेको कुरा समाजका महासचिव केदार कुँवरले जानकारी गराउनुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय