प्रधानमन्त्री केपी शर्मा ओली बगनासकाली आउँदै

पाल्पा । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बगनासकाली गाउँपालिकामा आउने भ्रमण तालिका सार्वजनिक भएको छ । उहाँ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्न बगनासकाली गाउँपालिका आउन लाग्नु भएको हो ।

जसका लागि प्रधानमन्त्री ओली माघ ११ गते शुक्रबार विहान १० बजे हेलिकप्टरमार्फत काठमाण्डौबाट बगनासकाली गाउँपालिका आउने कार्यक्रम रहेको छ । बगनासकाली गाउँपालिकाले १ नं. वडाको चिलाङ्दीमा निर्माण गरेको सुविधा सम्पन्न प्रशासकीय भवनको उद्घाटन सकेर १२ बजेर १५ मिनेटमा प्रधानमन्त्री ओली अन्तराष्ट्रिय सम्मेलन केन्द्र, बुटवल प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जसका लागि गाउँपालिकाले उद्घाटन कार्यक्रमलाई भव्य बनाउनका लागि तयारी तीव्र रुपमा अगाडि बढाइएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले जानकारी दिनुभयो । उहाँले कार्यक्रमलाई भव्य बनाउनका लागि आवश्यकता अनुसार समन्वय बैठक, प्रचारप्रसारका साथै उपस्थितिका लागि सम्पूर्ण महानुभावहरुलाई सार्वजनिक रुपमा निमन्त्रणा समेत अगरिएको बताउनुभयो ।

संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा कुल ६ करोड ४७ लाख ८४ हजार रुपैयाँमा ११ आना जग्गाभित्र चार हजार १० वर्गफिटमा भवन निर्माण भएको छ । अपाङ्गतामैत्री भवनमा लिफ्टको समेत व्यवस्था गरिएको गाउँपालिकाका इन्जिनियर प्रमोद कुँवरले बताउनुभयो । यो भवन जिल्लाका दश स्थानीय तह मध्य सुविधा सम्पन्न र लिफ्टसहितको भवन पहिलो रहेको गाउँपालिकाले जनाएको छ ।

चार तले नयाँ बनेको भवनमा करिब २२ कोठा रहेका छन् । जसमा बैठक हल, सभा हल, शाखा अनुसारको कोठा, वडाध्यक्षलाई कार्यसम्पादन कक्ष, न्यायिक इजलासलगायतको सहज व्यवस्थापन गर्न र प्रभावकारी कार्यसम्पादन गर्न सहज भएको प्रवक्ता टीकाबहादुर थापाले बताउनुभयाे ।

यसैगरी सोही दिन प्रधानमन्त्री ओलीलेसाढे १२ बजे तिनाउ गाउँपालिकाको भवन उद्घाटन, सिद्धबाबा सुरुङ्गमार्गको ब्रेक थ्रु र मन्दिर शिलान्यास गरी दिउँसो २ बजे बुटवल गोरुसिङ्गे चाल लेनको सडक शिलान्यास सभालाई सम्बोधन गर्ने जितगढी पुगेर साढे ३ बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र बुटवलबाट हेलिकप्टरमै काठमाण्डौ फर्कने तालिका रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय