छ जना सवार स्कारपियो पाल्पामा दुर्घटना

बगनासकाली । पाल्पामा ६ जना सवार स्कारपियो जीप दुर्घटना हुँदा ६ जना नै घाइते भएका छन् ।

बगनासकाली ३ आर्यभन्ज्याङ नजिक पोखरबाट बुटवलतर्फ जाँर्दै गरेको स्कारपियो दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाको प्रमुख प्रहरी नायव निरीक्षक रामप्रसाद खनालले जानकारी दिनुभयो ।

बिआर २२ विडी २०२३ नम्बरको भारतीय नम्वर प्लेटको स्कारपियो सडक भन्दा करिब एक सय पचास मिटर तल खसेको उहाँले बताउनुभयो । दुर्घटनामा घाइते भएकाहरुलाईल स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरी रम्भा गाउँपालिकाको एम्बुलेन्समा उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभाषमा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय