तरकारी खेतीबाट आम्दानी लिर्दै डबकाका महिला

रिब्दीकोट गाउँपालिका वडा नं. ७ डबकाका महिलाले मौसमी र बेमौसमी तरकारी खेतीबाट वार्षिक रुपमा मनग्य आम्दानी लिर्दै आएका छन् ।

अन्य पेशा व्यवसाय र परम्परागत खेतीमा भन्दा तरकारी खेतीमार्फत आम्दानी राम्रो हुने भएपछि महिलाहरुले ३० जनाको समूह बनाएर तरकारी खेतीमा लागेका हुन । उनीहरुले विगत चार वर्षदेखि प्रगतिशील महिला समूह नामको समूह नै बनाएर मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन् । व्यक्तिगत र सामुहिक रुपमा एक अर्काको कामा मेलमिलाप गरेर उनीहरुले प्रति व्यक्ति एक लाखदेखि ५ लाखसम्म आम्दानी गर्दै आएका छन् । गएको सिजनमा काँक्रा खेतीबाट मात्रै २५ लाखबढी आम्दानी लिन सफल भएको समूहकी अध्यक्ष सीता कुवंरले बताउनभयो ।

महिलाहरुले काँक्रासंगै टमाटर, खुर्सानी, सिमी, बोडी तथ सुन्तला र कागती खेती पनि गरेका छन् । महिला समूहलाई रिब्दीकोट गाउँपालिका, हेफर इन्टरनेशनल नेपाल र ग्रामीण आर्थिक विकास संघ (रेडा) पाल्पाले बीउ, विषादी, प्रविधि र प्राविधि सहयोग उपलब्ध गराउर्दै आएको छ । समूहमा आबद्ध सदस्यको आवश्यकता अनुसार सीप र क्षमता अभिवृद्धि गराउँदा काम गर्न सहज भएको छ । आम्दानी हुन थालेपछि तरकारी खेतीमा महिलाहरु उत्साहित भएर लागेको रिब्दीकोट ७ का वडाध्यक्ष दानबहादुर कुवंरले बताउनुभयो । कृषकले उत्पादन गरेको कृषि उपज गाउँकै सहकारीमार्फत विक्रीको व्यवस्था गरिएको हुँदा बजारीकराणका लागि कुनै समस्या नरहेको उहाँको भनाइ छ । वडातहबाट महिला समूहलाई बीउ बिजन, कृषि औजारका साथै नियमित प्राविधिक सहयोग र उत्पादनमा आधारित अनुदान उपलब्ध गराउर्दै आएको वडाध्यक्ष कुवरको भनाइ छ ।

गाउँमा उत्पादन भएको कृषि उपज जिल्ला सदरमुकासहित रुपन्देही, पोखरा, चितवनलगायतका स्थामा निर्यात हुने गरेको समूहकी सदस्या पुष्पा कुवंरले बताउनुभयो । महिलाहरुले गाउँका पाखो बारीलाई हराभरा बनाएका छन् । यो खेतीबाट राम्रो आम्दानी लिन सकिने भएपछि अन्य पेशा छाडेरै पनि यहाँका महिलाहरु कृषि कर्ममा आर्कषित भएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो । महिलाहरुले बिहानदेखि बेलुकासम्म बारीमा काम गर्नुहुन्छ । गाउँपालिकाले गरेको सानो सहयोगबाट इमान्दार भएर कर्म गरे मनग्य आम्दानी लिन सफल भइन्छ भन्ने उदाहरण डबकाका महिला समूहले प्रस्तुत गरेको उहाँले भनाइ छ । आवश्यकता र माग अनुसार आगामी वर्षमा पनि कृषकलाई थप प्रोत्सहानका कार्यक्रम ल्याउने योजना बनाइएको अध्यक्ष कार्कीले बताउनुभयो ।

यहाँका प्रति किसानले एकदेखि २० रोपनीसम्ममा तरकारी खेती गरेका छन् । समूहमा काम गर्दा सामुहिक भावनाको विकास भएको छ । स्थानीय तह र अन्य संस्थाले उपलब्ध गराउने सहयोग लिन सहज भएको छ । दैनिक चुलोचौकोमा सीतिम महिलाले कृषि क्षेत्रमा गरेको पौरख अन्य गाउँका महिला र किसानले पनि अनुसरण गर्न लाएक छ । आम्दानी भएसंगै महिलाहरु पनि आर्थिक रुपमा बलियो बनेका छन् । घर खर्च, छोराछोरीको पढाइ र आफ्नो खर्चका लागि सधै जसो पुरुषसंग निर्भर रहनुपर्ने महिलाहरुले कृषि कर्मको आम्दानी बाट खर्च व्यवस्थापन गर्नुका साथै बचत समेत गर्न सफल भएको समूहका सदस्यहरुको भनाइ छ । करूपा पत्रिकाबाट

सम्बन्धित खवर