पाल्पा । रिब्दीकोट गाउँपालिकाले सरकारी विदाको दिनमा सरकारी सवारी साधन संचालनमा रोक लगाएको छ । गाउँपालिकाले दशैँ विदाको अवधिमा सरकारी सवारी साधन नचलाउने निर्णय गर्दै सरकारी सवारी साधनको हुर्दै आएको दुरुपयोगलाई नियमन गर्ने प्रयास गरेको छ ।
विजयी दशैँको विदा अबधि र विदा वा काजमा बसी कार्यालयमा ३ दिन भन्दा बढी समय अनुपस्थित हुने अवस्थामा कर्मचारी तथा जनप्रतिनिधिले सरकारी सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरिएको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले जानकारी दिनुभयो ।
विदा वा काजमा बसी कार्यालयमा ३ दिन भन्दा बढी समय अनुपस्थित हुने कर्मचारीहरु तथा जनप्रतिनिधिले आफ्नो जिम्मामा रहेको सवारीसाधन कार्यालय परिसरमा व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यो निर्णय भएसंगै गाउँपालिकाभित्र रहेका कर्मचारी तथा जनप्रतिनिधिले आफ्नो जिम्मामा रहेको सवारी साधनको साँचो जिन्सी शाखामा बुझाउनेपर्ने छ ।
सार्वजनिक विदाको दिनमा सरकारीसाधन संचालन गर्नु परेमा जिल्ला प्रशासन कार्यालयको सवारी साधन संचालन अनुमति पत्र लिएर मात्र संचालन गर्ने तथा सो नियम पालना नगर्ने व्यक्तिलाई सवारीसाधन सुविधा उपलब्ध नगराउने गरी निर्णय भएकोले प्रशासन शाखा प्रमुख रुकलाल भट्टराईले बताउनुभयो ।
पछिल्लो समय पाल्पामा सरकारी कार्यालयको सवारी साधनको अधिक दुरुपयोग हुर्दै आएको छ । आफू मातहतमा रहेको सवारीसाधन विदाका दिनमा आफन्त घुमाउनेदेखि छोराछोरीलाई सिकाउने कार्यमा समेत प्रयोग गर्ने गरेको भेटिएको छ । दैनिक छोराछोरी विद्यालय लैजाने र ल्याउनेलगायतका व्यक्तिगत काममा सवारीसाधनको प्रयोग हुँदा समेत नियमनकारी निकायको ध्यान पुग्न नसकेको अवस्थामा रिब्दीकोट गाउँपालिकाले सरकारी सवारीसाधन प्रयोगमा गर्न खोजेको नियमनको प्रयास प्रशंसायोग्य रहेको आम नागरिकको भनाइ रहेको छ ।