पाल्पा । रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा खोजौं र नष्ट गरौं अभियान सम्पन्न गरेको छ ।
गाउँपालिका अन्र्तगतका ११ ओटा स्वास्थ्य सस्थाको सक्रियतामा स्वास्थ्य शाखा व्यवस्थापन समिति, महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका, कर्मचारी र सरकारवालाको सहभागितामा डेँगु सार्ने लामखुट्टेको बासस्थान खोजौ र लार्भा नष्ट गरौ भन्ने जनचेतना अभियान सम्पन भएको हो ।
पछिल्लो समय डेँगु रोगको संक्रमण पाल्पामा तीमा गतिमा फैलिएको हुँदा डेँगुलगायत किट जन्य रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजौ र नष्ट गरौ अभियान सञ्चालन गरी लामखुट्टेको वृद्धि विकास हुने सम्भाव्य स्थान पानीका ड्रम, पानी जम्ने खाडल, पुराना टायर, फलफूलका गमला, पानी जम्मा हुने ठाउँमा सरसफाई गरिएको हो । यी स्थानमा लामखुट्टेले फूल परेमा ९ देखि १० दिनमै आफनो जीवन चक्र पूरा गर्ने र डेंगी तथा किट जन्य रोगको संक्रमण फैलाउने भएकोले अभियान कै रुपमा कार्यक्रम गरिएको स्वास्थ शाखाले जनाएको छ ।
पाल्पामा जिल्ला अस्पताल, रामपुर अस्पताल, खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र, ताहुँ प्राथमिक स्वास्थ्य केन्द्र साथै निजी अस्पतालमा डेँगुका विरामी बढेको तथ्याँक छ । चालु आर्थिक वर्षमा मात्रै डेँगु संक्रमण पुष्टि हुनेको सख्या तीन सय २० पुगेको स्वास्थ्य कार्याल पाल्पाका ल्याब टेक्निसीयन अधिकृत मधुसुधन भटराईले जानकारी दिनुभयो । उहाँले डेंगु संक्रमणको न्यूनीकरणका लागि लामखुट्टेको बासस्थान खोजौ र नष्ट गरौ कार्यक्रम जिल्लाका दश वटै स्थानीय तहमा सञ्चालन भएको बताउनुभयो ।
यसै गरी खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने ८ देखि १० जना विरामी मध्ये डेँगु संक्रमणको परीक्षण गर्दा ५ देखि ६ जना विरामीमा डेँगु पोजेटिभ देखिएको स्वास्थ्य केन्द्रका वरिष्ठ प्रयोगशाला असिष्टेन्ट डालबहादुर रायमाझीले बताउनुभयो ।