पाल्पा । रिब्दीकोट गाउँपालिका ३ नं. वडा कार्यालयले १२ वटा स्ट्रेचर वितरण गरेको छ ।
साविक खस्यौली गाउँ विकास समिति भित्र रहेका ९ वटा वडामा स्ट्रेचर बाडिएको हो । वडाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि ९ वटा र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्सका लागि एक वटा, हार्थोक प्रहरी चौकीलाई एक वटा र मालमुल क्षेत्रका एक वटा थप एउटा गरी जम्मा १२ वटा स्ट्रेचर वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
वडा विपद् व्यवस्थापन समितिको निर्णय अनुसार स्ट्रेचर वितरण गरिएको वडाध्यक्ष नारायणबहादुर केसलिे बताउनुभयो । उहाँले वडा भित्रका टोल टोलमा स्ट्रेचर भएपछि विरामीलाई उपचारका लागि अस्पताल लैजानका लागि प्रयोग गरिने सवारी साधन आउने सडकसम्म पु¥याउन सहज हुने विश्वास लिनुभयो । स्ट्रेचर नहुँदा बिरामीलाई तन्नामा राखेर बोक्नु पर्ने अवस्था रहेकोले समस्या समाधानमा वडा कार्यलय गम्भीर भएर स्ट्रेचर वितरण गरिएको वडाध्यक्ष केसीको भनाइ छ । उहाँले प्राप्त गरेको स्टे«चर सबैको पायक पर्ने ठाउँमा राखेर प्रयोग गर्न आग्रह समेत गर्नुभयो ।
वितरण गरिएको स्ट्रेचर गाउँपालिकाले खरिद गरेर वडा कार्यालयलाई उपलब्ध गराएको वडासचिव गणेश प्रसाद आर्चायले बताउनुभयो । उहाँले एउटा स्ट्रेचरलाई चार हजार १६ रुपैयाँ मूल्य परेको जानकारी दिनुभयो ।