तानसेन । पाल्पाका दश स्थानीय सरकारले आफ्नो आन्तरिक आम्दानी वृद्धि गर्दै लगेका छन् । न्यून आन्तरिक आम्दानीमा जनताको इच्छा अनुसार विकास गर्न नसकिएको बताउर्दै आएका जिल्लाका स्थानीय सरकारले क्रमिक रुपमा आम्दानी बढाउर्दै लगेको आर्थिक वर्ष २०८०÷८१ को प्रगति विवरणमा देखिएको छ । सीमित स्थानीय तह बाहेक अधिकांशको आन्तरिक आम्दानी बढ्दो क्रममा रहेको छ ।
गत दुई आर्थिक वर्षको आन्तरिक आम्दानीलाई हेदा तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० मा सात करोड २६ लाख ५८ हजार ९ सय २३ रुपैयाँ ८९ पैसा आन्तरिक आम्दानी गरेकमा गत आर्थिक वर्ष २०८०÷८१ मा भने आठ करोड ४९ लाख ४१ हजार ४ सय ६६ संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो ।
रामपुर नगरपालिकाकाले आर्थिक वर्ष २०७९÷८० मा ३ करोड ७४ लाख २७ हजार ३ सय ५९ रुपैयाँ आन्तरिक आम्दानी गरेकोमा गत आर्थिक वर्षमा पाँच करोड ३ लाख ९३ हजार ९ सय ८ संकलन गर्न सफल भएको छ । तिनाउ गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा ३ करोड ९० लाख ७८ हजार २ सय ९७ रुपैयाँ संकलन गरेकोमा गत वर्ष तीन करोड ९ लाख ७६ हजार ६ सय ६५ रुपैयाँ आम्दानी गरेको लेखा अधिकृत शंकर पुरीले जानकारी दिनुभयो ।
यस्तैगरी माथागढी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा २ करोड ७४ लाख २ हजार ४ सय ८४ रुपैयाँ आन्तरिक आम्दानी गरेकोमा गत वर्ष दुई करोड १५ लाख २ हजार ५ सय १० रकम संकलन गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा रैनादेवी छहरा गाउँपालिका १ करोड ११ लाख ४७ हजार १ सय २२ रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा एक करोड ३६ लाख आन्तरिक आम्दानी संकलन भएको लेखा अधिकृत लिलामणी बस्यालले बताउनुभयो ।
रम्भा गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा ७७ लाख ९९ हजार ९ सय ५६ रुपैयाँ संकलन गरेकोमा गत वर्ष ८० लाख ४८ हजार ०९६ रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । रिब्दीकोट गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा ७५ लाख २१ हजार ७ सय ५० रुपैयाँ आन्तरिक आम्दानी गरेकोमा गत आर्थिक वर्षमा एक करोड ४ लाख ४५ हजार ४ सय ६७ रुपैयाँ संकलन गरेको छ । बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा ६८ लाख ३७ हजार ६ सय आन्तरिक आम्दानी गरेकोमा गत आर्थिक वर्षमा एक करोड १० लाख ८४ हजार ७ सय ४० रुपैयाँ संकलन गरेको छ ।
पूर्वखोला गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा ६१ लाख ९२ हजार ९ सय ८० आन्तरिक आम्दानी संकलन गरेकोमा गत वर्ष ५७ लाख ३२ हजार ५ सय ९५ रुपैयाँ संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९÷८० मा २ करोड ७५ लाख ८१ हजार ४ सय १८ रुपैयाँ आन्तरिक आम्दानी संकलन गरेको निस्दी गाउँपालिकाकाले गत आर्थिक वर्षमा एक करोड ३८ लाख ६९ हजार ५ सय ३७ रुपैयाँ आम्दानी गरेको छ ।
स्थानीय तहले मालपोत, भूमीकर, घर, जग्गा वहाल कर, व्यवसाय कर, सिफारिस दस्तुर, आवेदन शुल्क, नदीजन्य पदार्थ विक्री, नक्सा पास वा अभिलेखीकरण दस्तुर, भ्याट रकम, सेवा तथा अन्य र बेरुजु असुलीलगायतका शीर्षकबाट आन्तरिक आम्दानी संकलन गर्दै आएका छन् ।