पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवसको अबसरमा उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी सम्मान गरेको छ ।
गाउँपालिकाले शिक्षा दिवस २०८१ को अवसरमा सम्मान कार्यक्रम गरेको हो । ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता साझेदारी र प्रणालीगत सक्षमता भन्ने नाराका साथ यस वर्षको शिक्षा दिवस मनाइएको छ ।
गाउँपालिकाले गंगा माध्यमिक विद्यालय, सोमादी र गौरादेवी माध्यामिक विद्यालय,जुठापौवालाई कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोमा सम्मान गरेको छ । यसैगरी गाउँपालिका भित्रका विधालयमध्येबाट १० जना विषयगत शिक्षकहरू र एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने ३ जना विद्यार्थीहरूलाई समेत सम्मानीत गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले स्थानीय सरकार र विद्यालयहरु बिचको सम्बन्ध प्रभावकारी बनाउन कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाको शिक्षाको गुणस्तर सुधारका लागि सबै पक्ष बिच समन्वय र सहकार्या हुनुपर्ने समेत बताउनुभयो । विद्यालयको शिक्षा पद्धतीलाई विद्यार्थीको सिकाई मैत्री बनाउन विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावक बिचमा नियमित समन्वय र छलफल आवश्यक रहेको अध्यक्ष भट्टराईको भनाइ छ । उहाँले समय अनुसारको सीप र प्रविधिमैत्री गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले लगानी गरिरहेको जानकारी समेत दिन्ुभयो ।
कार्यक्रममा २ नंं वडाका सोमादीका वडाध्यक्ष दान बहादुर पौडेल, ४ नं. वडा छहराका वडाध्यक्ष गोविन्द बहादुर रायमाझी, कार्यपालिका सदस्य महेश बराल, शिक्षा समिति सदस्य तुलाराम गरम्जालगायतको उपस्थिति रहेको शिक्षा शाखा प्रमुख निशा पाण्डेले जानकारी दिनुभयो ।