पाल्पामा  नागरिकताका लागि  सिसीआइएमएस सुरु

पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले केन्द्रीकृत नेपाली नागकिरताको सूचना व्यवस्थापन प्रणालीमार्फत नागरिकता वितरण सुरु गरेको छ ।

वडाबाटै प्रणालीमार्फत सिफारिस भई आएको विवरणका आधारमा नागरिकता प्रमाणपत्र प्राप्त गर्ने पहिलो सेवाग्राही तानसेन ८ का अनुज चिदी मगरलाई सहायक प्रमुख जिल्ला अधिकृत भक्तिसरा रानाले नागरिकता हस्तान्तरण गर्नुभएको नायब सुब्बा मनोज आचार्यले जानकारी दिनुभयो ।

अब जिल्लाका ८१ वटै वडा कार्यालयबाट नागरिकता लिने व्यक्तिका लागि आवश्यक पर्ने अनुसूचिहरु, समाबेस गर्नुपर्ने महत्वपूर्ण कागजातसहितको सिफारिस वडा कार्यालयबाटै सिधै केन्द्रीकृत नेपाली नागकिरताको सूचना व्यवस्थापन प्रणालीमा अपलोड गरी वडाध्यक्षको स्वीकृतपछि प्राप्त हुने पिन नं. र सिफारिसको फाइल लिएर जिल्ला प्रशासन कार्यालय आएपछि नागरिकता प्राप्त गर्न सकिन्छ ।

यस प्राणालीमार्फत नागरिकता जारी गर्दा सेवा प्रदायक र सेवाग्राहीलाई काममा सहजता आउने प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । स्थानीय वडाबाटै विवरण भरिने भएकोले नागरिकताको विवरणमा हुने विभिन्न खाले त्रुटीगत समस्याको केही हदसम्म समाधान हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । यसका साथै सेवाग्राहीका लागि समयको बचत समेत हुने जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय