पाल्पा । सोमबार विहान पाल्पाको रामपुर १० बर्दलेमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
कालिगण्डकी करिडोरको पक्कि सडक खण्डमा बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु ४४ प २४३१ नम्बरको स्कुटर आफै अनियन्त्रित भई सडक किनारमा रहेको डिभाईडरको पोलमा ठोकिदा भएको दुर्घटनामा स्कुटर चालक रामपुर १० गेझाका ४० वर्षीय यम बहादुर खरु मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका मगरको उपचारको लागि रामपुर अस्पताल लगेपछि चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
सवारी दुर्घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।