पाल्पामा मनाइयो गाईजात्रा

पाल्पा । परम्परागत सांस्कृतिक महत्व रहेको गाईजात्रा पर्व पाल्पा पनि मनाइएको छ ।

विशेष गरी नेवार समुदायले मनाउने यो पर्व पाल्पामा भने सबै समुदायले मनाउने गरेका छन् । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा निकालिने यो पर्वमा नेवार समुदायबाट सुरुवात भएपनि पाल्पाका सबै समुदायले मनाउने गर्दछन् । गाईजात्रामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने प्रचलन रहेको छ ।

पाल्पा सदरमुकामा तानसेनसंगै ठूला शहरहरु रामपुर, जब्गादी, ताहुँ , भैरवस्थान, आर्यभन्ज्याङलगायतका स्थानमा गाईजात्रा, बास्सा निकालिएको थियो । उनीहरूलाई दुखमा रहेका श्रद्धालुले दुध, फलफूल, रोटी, चिउरा, जुस, दहीका साथै अन्न र द्रव्य दान गरेका थिए । पाल्पामा गाइजात्राबाट सरु भएको जात्रा भाद्र कृष्ण नवमीका दिन नेपाल अग्रेज युद्धको सम्झनामा श्री ७ रणउजीरेश्वरी भगवतीको खट यात्रापछि सकिन्छ । गाइजात्रा हेर्न र मनाउनका लागि पहिलेजस्तो गाउँगाउँबाट सहर आउनेको संख्यामा भने कमि हुँदै गएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय