
पाल्पा । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री खेम बहादुर सारुलाई जन्मगाउँमा स्वागत तथा सम्मान गरिएको छ । प्रदेश सरकारको जिम्मेवारी पाएपछि पहिलो पटक गाउँ पुग्नुभएका मन्त्री सारुलाई पूर्वखोला गाउँपालिका २ नं. वडा, जल्पामा औपचारिक कार्यक्रम गरी स्वागत बधाईसहित सम्मान गरिएको हो ।
मन्त्री सारुलाई स्थानीय नागरिक आफन्त विभिन्न सस्था, पार्टी प्रतिनिधिहरु, सामाजिक सघसंस्था, विद्यालय शिक्षक, विद्यार्थी र न्यू जल्पाली पन्चे बाजा समूहले फूलमालासहित स्वागत गरेका थिए । कार्यक्रममा मन्त्री सारुले आफूले स्वस्थ क्षेत्रको सुधारका लागि पाएको जिम्मेवारी नतिजा देखिनेगरी इमान्दारिताका साथ निर्वाह गर्ने बताउनुभयो । उहाँले समग्र लुम्बिनी प्रदेशसहित पूर्वखोला गाउँपालिकाको स्वस्थ क्षेत्रमा अवश्यक पूर्वाधार, जनशक्ति र सामाग्रीको कमी हुन नदिने बताउनुभयो ।
मन्त्री सारुले माध्यामिक विधालयहरुमा एक नर्ससहितको हेल्थ डेस्कको व्यवस्था गरी स्वास्थ्य सचेतान सहित किशोरी शिक्षा, स्वस्थ्य परामर्श, बाल विवाह न्यूनीकरणका विषयमा सहजीकरण गर्ने व्यवस्था मिलाउने बताउनुभयो । पूर्वखोला गाउँपालिका अहिलेपनि स्वस्थ्य सूचांकमा राम्रो भएकोले आम नागरिकले पनि आफ्नो स्वास्थ्यको ख्याल गनुपर्नेमा मन्त्री सारुले जोड दिनुभयो । उहाँले प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा काम हुनेगरी तयार भएका योजना र बजेट बारे जानकारी गराउर्दै समयमै गुणस्तरीय काम गर्न आग्रह गर्नुभयो ।
स्वागत तथा सम्मान कार्यक्रममा उपस्थित हुनुभएका पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले स्वास्थ्य मन्त्री सारुलाई बधाई ज्ञापन गर्दै स्वास्थ्य क्षेत्रमा नजितामूखी काम गर्न शुभकामना समेत व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य मानव जीवनको सबैभन्दा संवेदनशील विषय भएकोले सोही अनुसारको योजना बनाएर काम गर्न आग्रह गर्नुभयो । पूर्वखोलाका नागरिकहरुको स्वास्थ्यमा सहज पहुँच वद्धिका लागि प्रदेश सरकारलाई माग पत्र बुझाउर्दै समन्वय र सहकार्यमा काम गर्ने वातावरण निर्माणका लागि मन्त्री सारुलाई अनुरोध समेत गर्नुभयो ।
कार्यक्रममा पूर्वखोला गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराई , शिक्षा शाखा प्रमुख लोकहरि देवकोटा, स्वस्थ्य शाखा प्रमुख मोहन ढकाल, युवा नेता जीवन आचार्य, रनिन्द्र पंगेनी, शम्भु माध्यमिक विद्यालयका प्रद्यानाध्यापक चित्रबाहादुर कवर, स्थानीय संघ संस्था प्रतिनिधि बेदप्रसाद बस्याल, टोल सरी राई, चन्द्री रखाल, माया राना, रनविर बराल, राम प्रसाद आचार्यलगायतको उपस्थिति रहेको थियो ।
यस्तैगरी पूर्वखोला गाउँपालिका ४ नं. वडा देविनगर कार्यालयले पनि मन्त्री सारुलाई सम्मान गरेको छ । वडाध्यक्ष मेहर सिं थापा, वडा सदस्य भुवन सिंजाली, वडामा कार्यरत कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारीहरुले फूलमाला, दोसल्लाले सम्मान गर्नुभएको हो ।
सम्मान ग्रहण गर्दै मन्त्री सारुले देविनगर वडा कार्यालय र देविनगर स्वास्थ्य चौकिको भवन निरीक्षण गर्नुभएको छ । भवन निरीक्षणको क्रममा मन्त्री सारुले स्वस्थ निरोगी, बलियो मानिस भए मात्र समाज र देशको विकास छिटो हुने बतानुभयो । स्वस्थ मानिस हुनको लागि स्वस्थकर खाना, नियमित व्यायाम, नियमित स्वास्थ्य परीक्षण गर्नु पर्नेमा जोड समेत दिनुभयो ।
मन्त्री सारुले स्वास्थ्यकर्मीहरुलाई सेवा प्रवाह गर्दा सेवाग्राहीमैत्री हुनुपर्ने बताउनुभयो । उहाँले पछिल्लो समय नसर्ने रोगका विरामीहरु धेरै बढिरहेकोले प्रदेश सरकारले क्यान्सर, मुटु रोग, मिगौला डायलासिस गराइरहेको विरामीहरुलाई २ लाखको दरले उपचार खर्च दिइरहेको जानकारी गराउनुभयो । यसका साथै देविनगरको स्वास्थ्य चौकी भवन निर्माणको लागि आपूmले पहल गरिरहेको बताउर्दै छिट्टै बजेटको व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।