पाल्पा अस्पतालमा मन्त्री सारुको स्वागत

तानसेन । पाल्पा जिल्ला अस्पतालले लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुलाई स्वागत गरको छ । स्वागत संगै अन्तरक्रिया कार्यक्रम गरेको अस्पतालले मन्त्री सारुलाई अस्पतालको अवस्था बारे जानकारी समेत गराएको हो ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएपछि पहिलो पटक गृह जिल्लामा औपचारीक कार्यक्रममा सहभागी बन्नुभएका स्वास्थ्य मन्त्रीले पाल्पा अस्पतालको स्वागत ग्रहण गर्दै अस्पतालको वर्तमान अवस्था, सम्भावना र सुधार गर्नु पर्ने पक्षहरुका बारेमा जानकारी लिर्दै अस्पतालको भौतिक संरचना, सेवा प्रवाह कक्षको निरीक्षण सहित भर्ना भएका बिरामीहरुलाई समेत भेटनु भएको छ ।

कार्याक्रममा मन्त्री सारुले आफ्ना भनाइ राख्दै अस्पतालले दिने सेवालाई सेवाग्राही मैत्री बनाउनुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीहरुले बिरामी प्रति जवाफदेही भई आफ्नो विभागीय जिम्मेवारी पूरा गनुपर्नेमा जोड दिनुभयो । अस्पतालमा बिरामी सन्चो हुन आउने भएकोले बिरामीलाई समुचित परामर्श प्रदान गरी सन्तुष्ट बनाउनु चिकित्सक तथा स्वास्थ्यकर्मीको धर्म भएको मन्त्री सारुले बताउनुभयो । उहाँले आवश्यक जनशक्ति र पूर्वाधारमा हुनसक्ने सहयोगका लागि आफू प्रतिबद्ध रहेको बताउर्दै अस्पतालबाट उपलब्ध सेवालाई प्रभावकारी बनाउन आग्रह समेत गर्नुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्रबहादुर जिसीले उपलब्ध स्रोत र साधन अनुसार बिरामीलाई सहज रुपमा सेवा उपलब्ध गराइरहेको जानकारी गराउनुभयो । उहाँले पछिल्लो समय अस्पतालमा आउने बिरामी मध्ये ७० प्रतिशतले जिल्ला अस्पतमलमै उपचार गरिरहेको र बाँकी ३० प्रतिशत बिरामीले रिफर सेवा लिने गरेको जानकारी दिनुभयो । उहाँले अस्पतालको पूर्वाधारण निर्माण, जनशक्ति व्यवस्थापनमा सघाउन मन्त्री सारुलाई अनुरोध गर्नुभयो ।

स्वागत कार्यक्रममा मन्त्रीसंगै अस्पताल पुग्नुभएका नेकपा एमाले तानसेन नगर कमिटी अध्यक्ष गुराँस आत्रेयले पाल्पा अस्पताल पुरानो अस्पताल भएको र पुरानो भौतिक संरचनाबाट सेवा प्रवाहमा समस्या रहेको बताउनुभयो । उहाँले अस्पताललाई स्तरोन्नति गर्न जग्गा अभाव भएकोले तत्काल जग्गाको व्यवस्थापन गरी पूर्वाधार निर्माणको काममा सहजीकरण गरिदिन मन्त्री सारुलाई आग्रह गर्नुभयो ।

केहि समय अस्पताल विकास समितिका अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएका आत्रेयले सेवाग्राहीको अस्पतालमा दैनिक उपस्थिति संख्या ठूलो भएपनि सेवा प्रवाहका लागि विशेषज्ञ चिकित्सकसहित अन्य जनशक्ति अभाव रहेको बिरामीले सास्ती खेप्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले यसका साथै एम्बुलेन्स, सव वाहन नहुँदा आमनागकिरले दुख पाउने गरेको बताउर्दै अस्पतालमा तोकिएको दरबन्दी अनुसारको जनशक्ति, पूर्वाधार निर्माण र आवश्यक औजार व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अस्पताल विकास समिति पूर्व सदस्य शशी श्रेष्ठ, चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पतालका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर