समिति सभापतिमा पाल्पाका गैरे निर्विरोध निर्वाचित

पाल्पा । संघीय संसद्को एक समितिको सभापतिमा पाल्पाली सांसद ठाकुरप्रसाद गैरे निर्विरोध निर्वाचित हुनुभएको छ ।

सांसद गैरे राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको हो । सांसद गैरे पाल्पा निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

बिहीबार सांसद गैरे समितिको सभापति निर्विरोध निर्वाचित भएको समितिका ज्येष्ठ सदस्यले घोषणा गर्नुभएको हो । निर्वाचित सभापति गैरेले सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण समेत गर्नुभएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय