फरार प्रतिवादी पक्राउ

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले कैद सजाय तोकिएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

२०८०/०२/०६ गते पाल्पा जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा २ महिना ८ दिन कैद सजाय फैसला भई फरार रहेका पाल्पा जिल्ला तानसेन नगरपालिका ३ का ४४ वर्षीय अर्जुन थापालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिई गएको प्रहरी टोलीले फरार प्रतिवादी थापाको आफ्नै घरबाट पक्राउ गरेर अदालतमा कैद भुक्तानको लागि पेश गरेको प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिनुभयो ।

सम्बन्धित खवर