सात दलको प्रधानमन्त्रीलाई ७ बुँदे ज्ञापन पत्र

पाल्पा । पाल्पाका सात राजनीतिक दलले प्रधानमन्त्रील केपी शर्मावलीलाई ७ बुंदै ज्ञापन पत्र पठाएका छन् ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेमार्फत पठाइएको ज्ञापन पत्रमा नेपाली कांग्रेस र एमालेको गठबन्धन सरकारको उद्देश्य राजनैतिक स्थिरता कायम गर्ने, शुसाशन र संविधान संसोधनका विषयमा सबै राजनीतिक दलले संविधान संसोधनको विषयमा सकारात्मक हुने अवस्था नरहेको र यसले राजनीतिक अस्थिरताको जिम्मेवारी अन्य दलहरुको टाउकोमा राख्ने र अन्य दलहरुको अस्तित्व पूर्ण रुपमा समाप्त गरी निरंकुश शासन व्यवस्था कायम गर्ने अवस्था सिर्जना हुने हो की ? भन्ने त्रास बढेको उल्लेख छ ।

यस्तैगरी यसअघिको प्रचण्ड नेतृत्व सरकारले नक्कली भुटानी शरणार्थीलगायत सबै भ्रष्टाचारका फाइलहरुको कारबाही प्रक्रियालाई निरन्तरता दिँर्दै दोषिमाथि तत्काल कारबाही गर्न ज्ञापनपत्रमा माग समेत गरिएको छ । यसका साथै शुसासनको नारा दिएर बनेको सरकारले जनताको पक्षमा काम गर्नुपर्ने, चितवनको सिमलतालमा भएको बस दुर्घटनामा वेपत्ता भएका यात्रुहरुको खोजीकार्य र राहतमा सरकार गम्भीर बन्नुपर्ने, बर्षातको कारणबाट भएको र हुन सक्ने क्षतिमा समुचित सहयोग, बाटोको मर्मत तदारुकताकासाथ गर्न र जात्रा र चाडपर्वको समयमा दैनिक उपभोग्य बस्तुहरुको अभाव,मूल्यवृद्धि तथा कृतिम अभाव हुन नदिन नियमित र प्रभावकारी अनुगमन गर्नुपर्नेमा जोड दिइएको राष्ट्रिय जनमोर्चाका पाल्पा अध्यक्ष बिशाल दर्लामीले बताउनुभयो ।

सरकारको अलोकतान्त्रिक र असंवैधानीक कियाकलापको भण्डाफोर गर्न सम्पूर्ण राजनीतिक दल, बुद्धिजीबी, नागरिक समाजसहित आम जनतालाई अपील गरिएको ज्ञापन पत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष राजेन्द्र विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति जीवन पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष डुल बहादुर कुँवर , नेकपा (एकीकृत समाजवादी) अध्यक्ष अशोक कुमार शाही, राष्ट्रिय जनमोर्चाका अध्यक्ष बिशाल दर्लामी , नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष मीन बहादुर सी र राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष होम बहादुर थापाले हस्तक्षर गर्नुभएको छ । प्रमुख जिल्ला अधिकारी काफ्ललेले प्राप्त ज्ञापन पत्र तत्काल प्रधानमन्त्री कार्यलयमा पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।र्

सम्बन्धित खवर