सीप सिकेर आत्मनिर्भर बन्दै महिला

पाल्पा । जिल्लाका महिलाहरु सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । स्थानीय सरकारहरुले सहयोग र सहजीकरण गरेपछि आत्मनिर्भर बन्ने महिलाहरुको संख्या बढ्दो छ । जसले गर्दा ग्रामीण क्षेत्रका महिला आत्मनिर्भर बन्नैका लागि स्रोत र सीपको खोजी गर्न थालेका छन् । विभिन्न तालिममा सहभागी भएर सीप सिकेका महिलाहरु आत्मनिर्भर बन्दै गएका हुन । आफूले सिकेको सीपले आफूसँगै अरूलाई पनि रोजगारी सिर्जना गर्न सकिने भएपछि महिलाहरु उत्साहित भएका हुन ।

उद्यमी बन्न चाहने महिलालाई विभिन्न संघसंस्था तथा स्थानीय तहले आवश्यक सीपका लागि तालिम दिनुका साथै उद्योग स्थापना गन आवश्यक सामग्री अनुदानमा उपलब्ध गराउन थालेपछि गाउँगाउँमा महिलाहरु स्वरोजगार भएर आर्यआर्जन गर्न थालेका हुन । यसको उदाहरण पाल्पाको बगनासकाली गाउँपालिका २ र ३ का महिलाहरुले गरेको परालको चप्पल बनाउने उद्यमलाई लिन सकिन्छ । यहाँका महिलाहरुले सात दिनको चप्पल बनाउने सीप सिकेर अहिले व्यवसायिक रुपमा काम गरेका छन् । विशेष गरी महिला, एकल महिला, अतिविपन्न परिवारलाइ लक्षित गरी ३ वर्ष अगाडि तालिम दिएको थियो । तालिमपछि परालको चप्पल बनाउने काममा सक्रिय भएर उनीहरुले आम्दानी गर्न थालेका हुन ।

बगनासकाली गाउँपालिका–२ पोखराथोकका कल्पना वि.क.ले परालको चप्पल बनाएर विक्री गर्न लागेको ३ वर्ष भएको बताउनुभयो । उहाँले अहिले दैनिक ३,४ जोर चप्पल बनाउनुहुन्छ । विगतका अनुभव सुनाउर्दै पहिले विक्री गर्न निकै समस्या थियो, अहिले माग धेरै छ, माग गरेजति बुनेर पु¥याउन भ्याइनभ्याइ भएको विकको भनाइ छ ।

बगनासकाली गाउँपालिका–३ की लक्ष्मी कुवँरले पनि तालिमबाट चप्पल बनाउन सिकेको बताउनुभयो । आजसम्म लिएका तालिम व्यवहारमा ल्याउन नसकेपनि परालको चप्पल बनाउने तालिम तालिममा मात्र सिमित नभई राम्रो आम्दानीको स्रोत बनाउन सफल भएको बताउनुभयो ।

परालको चप्पल बनाउएर राम्रो कमाइ गरेको स्थानीय राधिका गहतराजले बताउनुभयो । परालको काँटछाँट गरी मोटा र मसिना डोरा बुनेर चप्पल बनाउन सिकेपछी दैनिक जीवनयापनमा सहज भएको बताउनुभयो । बुढेसकालमा भारी काम गर्न सक्दिन यो चप्पल बनाएर दैनिक दुई–चार सय कमाउन सकिन्छकी भन्ने लागेर सुरु गरेको अहिले राम्रो कमाइ भएको उहाँको भनाइ छ ।

पछिल्लो समयमा परालबाट बनाइएको चप्पलको माग बढ्दै गएपछि आफूहरूले यो पेशामा आकर्षित गर्न तालिम दिएको बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । कम्तिमा सय रुपैयाँदेखि एक सय पचास सम्म मूल्य पर्ने परालको चप्पल विशेष गरी क्रियापुत्रीले लगाउछन् । यसको माग बजारमा मात्र नभई गाउँमा समेत दैनिक रुपमा बढ्दै गएको छ । तालिम पश्चात् व्यवसायिक रुपमा काम गर्नेलाई आफूहरूले आवश्यक आर्थिक तथा भौतिक सहयोग गर्दै आएको बताउनुभयो ।

चप्पल उद्योगका अध्यक्ष्य वि.क.ले सुरुका दिनमा आम्दानी नहुँदा पनि विचलित नभई काम गरेको बताउर्दै पछिल्लो समय महिनामा २० हजार देखि २५ हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो । उत्पादन गरेको चप्पल जिल्लाको सदरमुकाम तानसेन, राम्दी, बुटवललगायतका स्थानमा खपत हुने गरेको बताउनुभयो । गाउँपालिकाले संचालन गरेको तालिमबाट २५ जना महिलाले चप्पल बनाउन सिकेका हुन । तालिम लिएका मध्ये ६ जनाले अहिले व्यवसायिक रुपमै चप्पल बनाएर विक्री गर्दै आएका छन् । याे समाचार करूवा अर्धसाप्तािहकमा प्रकाशित छ ।

सम्बन्धित खवर