पाल्पामा मनाइयो पुष्पलालको स्मृति दिवस

पाल्पा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४६ औँ स्मृति दिवस पाल्पामा पनि मनाइएको छ । सोमबार नेकपा एमाले पाल्पाले कम्युनिष्ट पार्टीका संस्थापक तथा संयुक्त जनआन्दोलनका सिद्धान्तकार पुष्पलालको ४६ औँ स्मृति दिवस मनाएको हो ।

दिवसका अवसरमा पुष्पलालको तस्बिरमा पुष्प अर्पण सहितजीवनी र योगदान बारेमा नेकपा एमाले पाल्पाका निवर्तमान अध्यक्ष धनेन्द्रराज घिमिरेले प्रकाश पार्नुभएको थियो । उहाँले जीवनी र योगदान बारे चर्चा गर्दै पुष्पलाल दुरदर्शी नेता र समाज रूपान्तरण गर्ने भिजन भएका नेता भएको बताउनुभयो । पुष्पलालले अवलम्बन गरेको तीन स को सिद्धान्त महत्वपूर्ण रहेको छ । सिद्धान्त, संगठन र संघर्षको विचारले कम्युनिष्ट अगाडि बढेको निवर्तमान अध्यक्ष घिमिरेले बताउनुभयो ।

कार्यक्रममा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य मेघराज शर्माले पछिल्लो समय निष्ठाको राजनीति गर्नेको खडेरी परेको बताउनुभयो । उहाँले पुष्पलालले आफ्नो निष्ठा कहिल्यै बेच्नुभएन अहिले पनि त्यस्तै छवी भएका पुष्पलालको सिद्धान्तलाई अवलम्बन गरेर अगाडि बढ्ने नेताको आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जसको नीति उसैको नेतृत्व निर्माणको परिपाटीको विकास गर्नुपर्नमा जोड दिनुभयो । उहाँले पार्टीका हरेका गतिविधि पनि पुष्पलालको सिद्धान्तलाई आत्मसाथ गर्दै विधि र पद्धतीबाट हुनुपर्ने बताउनुभयो ।

कार्यक्रम एमाले पाल्पाका उपाध्यक्ष विमल काफ्लेको स्वागत, उपसचिव मीना जिसीले सञ्चालन तथा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरको अध्यक्षतामा भएको हो ।

यसैबीच पाल्पाका अधिकांश स्थानीय तहमा स्मृति दिवसमा विविध कार्यक्रम गरिएको छ । यसका साथै पुस्पलाल स्मृति पुस्तकालय तानसेनले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहकार मेघराज शर्मा, संविधान सभा सदस्य नारायणी शर्मा, प्रेस चौतारी नेपाल पाल्पाका निर्वतमान अध्यक्ष राजेन्द्र लिगललगायतले पुस्पलालको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । श्रद्धाञ्जली कार्यक्रम कृष्ण पाण्डेको सञ्चालन र पुस्तकालयका अध्यक्ष त्रिरत्नलाल शाक्यको अध्यक्षतामा चलेको हो

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय