तानसेन खानेपानीको वृक्षारोपण कार्यक्रम

पाल्पा । तानसेन खानेपानी उपभोक्ता समितिले अमर नारायण मन्दिर परिसर र तीनधारा क्षेत्रमा वृक्षारोपण कार्य गरेको छ । समितिले “ रूख रोपौं, मूलको संरक्षण गरौं ।” भन्ने नाराका साथ समितिले मन्दिर परिसरको फूलबारी र तीनधारा क्षेत्रमा वृक्षारोपण गरेको हो ।

करिब एक सय पचास चिउरी र गुलमोहर जातका बिरूवा रोपण गरिएको अध्यक्ष मोहनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले तानसेनको घरघरमा धारा भएपछि पुराना धरोहरहरु हराएको र मूल संरक्षणमा ध्यान नपुग्दा पानीका मुहानहरु सुक्दै गएकोले त्यसको सरसफाई र संरक्षणमा सरोकारवालाहरुलाई जिम्मेवार बनाउन कार्यक्रम गरिएको बताउनुयभो ।

समितिले तानसेनवासीलाई सहज रुपमा स्वच्छ खानोपानी उपलब्ध गराउने अभियानमा लागि परेकोले पुराना मूलहरुको संरक्षण र सौन्र्दयकरण गर्दै उपभोगको वातावारण निर्माण गर्नका वृक्षारोपण कार्यक्रम गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । यसैगरी क्रमिक रुपमा मूल भएको क्षेत्रमा वृक्षारोपण, सरसफाई गर्ने काम गरिने उहाँले बताउनुभयो ।

वृक्षारोपण कार्यक्रममा पाल्पा निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद ठाकुरप्रसाद गैर र लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर रानाले समितिले खानेपानीको मूल संरक्षण तथा विकासका लागि गरिएको वृक्षारोपण अभियानको प्रशंसा गर्नुभयो । उहाँहरुले तानसेनवासीलाई सफा र शुद्ध खानेपानी सहज रुपमा खुवाउनका लागि समितिले गरेको प्रयास सकारात्मक भएको बताउदै संघ र प्रदेश सरकारबाट आवश्यक सहयोगका लागि आफूहरु निरन्तर खट्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

वृक्षारोपण कार्यक्रममा जिल्लाका राजनीतिक दलहका प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेसहित सुरक्षा निकायमा प्रमुखहरु, समितिका पदाधिकारी, जनप्रतिनिधिहरु, पत्रकार तथा सञ्चारकर्मी र स्थानीयवासीको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय