
पाल्पा । पूर्वखोला गाउँपालिकाको १५ गाउँसभाले चौथो बैठकले आगामी वर्षका लागि ४५ करोड ४७ लाख ८७ हजार बजेट पारित गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ का लागि चालुतर्फ ३० करोड ८५ लाख ४ हजार र पूंजिगततर्फ १५ करोड २२ लाख ८३ हजार गरी कुल ४५ करोड ४७ लाख ८७ हजार बजेट पारित गरिएको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँले पूंजिगतमा भौतिक पूर्वाधार विकासतर्फ ७ करोड ५७ लाख ८८ हजार , सामाजिक विकासतर्फ ४ करोड ८० लाख ४५ हजार, आर्थिक विकासतर्फ २ करोड १३ लाख ८० हजार, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३५ लाख ५० हजार, सुशासन तथा संस्थागत विकासतर्फ ३० लाख २५ हजार बजेट विनियोजन गरेको बताउनुभयो ।
सभामा लुम्बिनी प्रदेश सभाका सदस्य खेमबहादुर सारुले गाउँपालिकाले जनताको माग र आवश्यकतालाई मध्यनजर गर्दै विकासको नीति बनाउनुपर्ने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य उत्पादनमूखी कार्यक्रम संचालन गरी आर्थिक आयआर्जन वृद्धिमा जोड दिनु पर्ने बताउनुभयो । पछिल्लो समयमा विकास निर्माणको गति तीव्र भएपनि ग्रामीण भेगमा जनताको संख्या कम हुँर्दै गएकोले यस विषयमा ध्यान दिनुपर्ने प्रदेश सभा सदस्य सारुको भनाइ थियो । उहाँले पूर्वखोलाको विकासका लागि लुम्बिनी प्रदेशबाट धेरैभन्दा धेरै योजनाहरुको लागि बजेटको व्यवस्थामा आफू खटेको भन्दै पूर्वखोलाको विकासको लागि आफ्नो क्षेत्रकाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
सभामा सभाका सदस्य भुवन सिंजाली, वासुदेव न्यौपाने, समुन्द्रा भारती, सावित्रा थापा, रविन कुमार श्रेष्ठ, शान्ति विकलगायतले आफ्ना भनाइ राख्न्ुभएको थियो । गएको असार ७ गते देखि सुरु भएको गाउँसभाको चौथो बैठकले बजेट पारित गरेको हो । यसका साथै सभाले नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विभिन्न समितिबाट प्रस्तुत प्रतिवेदन पारित गर्नुका साथै समसामयिक विषयमा विभिन्न निर्णय गरिएको सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले प्रोत्सहानका लागि गाउँसभाको अवसरमा तामाखानी सामुगा मोटरबाटो उपभोक्ता समिति सिलुवाका पदाधिकारी, विषयगत शाखाको तर्फबाट स्वास्थ्य शाखाका प्रमुख मोहन ढकाल, देविनगर वडाका सचिव तेजिसरा थापा, सवइन्जिनियर देवेन्द्र थापा, विरकोट स्वास्थ्य चौकीका कार्यरत अनमी पवित्रा घर्ती, कार्यालय सहयोगी टेमन थापालाई नगदसहित सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको बताउनुभया