लायन्सको पाल्पा अस्पताललाई मेसिन सहयोग

पाल्पा । लायन्स इन्टरनेशनलले पाल्पा अस्पतालमा प्रोटिन एनालाइजर फाइनकेयर मेसिन सहयोग गरेको छ ।

मेसिन लायन्स इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ पि नेपाल एरिया २ डिष्ट्रीक्ट गर्भनर पिएमजेएफ अर्जुनमान सैजुले अस्पतालका मेसु राजेन्द्रबहादुर जिसीलाई हस्तान्तरण गर्नुभएको हो । मेसिन अस्पताललाई एच.आर मेडिको कन्सर्न प्रा.लि बुटवलका राजीव गौतमले उपलब्ध गराउनुभएको हो ।

मेसिन हस्तान्तरण कार्यक्रममा फस्ट भिडिजी इलेक्ट पिएमजेएफ बाबुराम भटराई डिस्ट्रीक्ट जेट टिम एमजेएफ मिना पन्थीसहित लायन्स वर्ष २०२३/२४ को एरिया चिफ भीमबहादुर श्रेष्ठलगायतको विशेष उपस्थितिमा हस्तान्तरण गरिएको हो । मेसिन २०२४/२०२५ का एरिया चिफ शशी श्रेष्ठको पहलमा पाल्पा अस्पताललाई हस्तान्तरण गरिएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय