पाल्पा कारागारमा जेसीजकाे रक्तदान

पाल्पा । जेसीज पाल्पाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विश्व रक्तदाता दिवसको अवसरमा पाल्पा कारागारमा आयोजना गरिएको कार्यक्रममा ३६ पिन्ट रगत संकलन भएको छ । कारागारमा बन्दी जीवन विताइरहेका कैदीबन्दीले स्वतस्फूर्त रूपमा रक्तदान गरेका हुन् ।

विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका तथा पुर्पक्षका लागि रहेका ३६ कैदीबन्दीले रक्तदान गरेको जेसीज पाल्पाका अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । जेसीस पाल्पाको आयोजना, पाल्पा कारागारको व्यवस्थापन र नेपाल रेडक्रस सोसाइटी र युनाइटेड मिसन अस्पतालको प्राविधिक सहयोगमा शुक्रबार रक्तदान कार्यक्रम भएको हो । रगत अभावमा ज्यान नै जोखिममा परेका आममानिसलाई आवश्यकता अनुसार सहयोग गर्नका लागि संकलन भएको रगत मिसन अस्पताललाई हस्तान्तरण गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।

सम्बन्धित खवर