पाल्पा । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला सचिवालय पाल्पाको बैठक तानसेनमा सम्पन्न भएको छ ।
बैठक पार्टीका केन्द्रिय सचिव हरि पराजुलीको प्रमुख आथित्यतामा बसेको हो । बैठकमा १० आं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदा दस्तावेज माथि छलफल गरिएको छ । जसमा राजनीति प्रतिवेदन, संगठनात्मक प्रस्ताव र नेपाली विशेषताको समाजवादी कार्यक्रमका विषयमासमेत छलफल गरेको छ । साथै पार्टीको संगठन विस्तार र सुदृढ़ीकरण अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने बताइएको छ ।
बैठकमा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेय, केन्द्रीय सदस्यहरु यादव बहादुर रायमाझी, रमा घर्ती, राजेन्द्र लक्ष्मी गैरे,लेखनाथ पोखरेललगायतका नेताहरुले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष अशोककुमार शाहीको अध्यक्षता र पार्टी उपाध्यक्ष मोहन गैरेलेको सञ्चालकमा भएको हो ।