पाल्पाको विकासमा निरन्तर लागिपरेको छु  : पूर्व मन्त्री पाण्डेय

पाल्पा । पूर्व मन्त्री तथा सांसद सोमप्रसाद पाण्डेयले पाल्पाको विकास र समृद्धिको लागि निरन्तर लागिपरेको बताउनुभएको छ । सोमबार पाल्पाली पत्रकारहरु सँगको भेटघाटमा पूर्वमन्त्री पाण्डेयले यस्तो बताउनुभएको हो । उहाँले आफू अहिले सांसदको भूमिकामा नभएको भएपनि आगामी वर्षको बजेटमा पाल्पाको आवश्यकताका योजनाहरुलाई समेट्ने गरी सम्बन्धित मन्त्रालयमा बजेट मागको छलफल अन्तरक्रिया गरेको जानकारी गराउनुभयो ।

पाल्पामा ब्लड बैंक स्थापना कार्यका लागि भवन निर्माणमा शहरी बिकास मन्त्रालयमा २ करोड बजेट विनियोजनका लागि ध्यानाकर्षणपत्र बुझाएको, त्यस्तै टक्सारमा रहेको महाचैत्य बिहारको प्रवद्र्र्धनका लागि सभाहल निर्माण र अन्य जीर्णोद्धार कार्यका लागि पनि बजेट माग गरिएको र आगामी वर्षको बजेटमा समाबेस हुने विश्वासगरी काम भएको पूर्वमन्त्री पाण्डयेले बताउनुभयो ।

यस्तैगरी माण्डब्य बहुमुखी क्याम्पस हातामा बहुउद्देश्यीय भवन निर्माण, बगनासकालीको दरुङ्गाबाट चिउरीबास राम्दी मोटरबाटो स्तरोन्नतिको लागि बजेट माग, स्थानीय तहहरुमार्फत माग भएका योजनाहरुमा मन्त्रालयहरुसँग समन्वय गर्ने, क्रमागत योजनाहरुको निरन्तरताको विषयमा पहल गर्ने कार्यमा आफूले सक्द्यो पहल गरेको पूर्वमन्त्री पाण्डेयको भनाइ छ ।

पूर्वमन्त्री पाण्डेयले तानसेनलाई ऐतिहासिक शहरको रुपमा विकास गर्ने, लुम्बिनी आएका बौद्धमार्गीहरुलाई तानसेनसम्म ल्याउने, तानसेनको श्रीनगरलाई बौद्ध गार्डेनको रुपमा विकास गर्ने गरी योजना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले अब पाल्पाको भविष्य भनेकै पर्यटनमा छ । यहाँका पर्यटकीय स्थलहरुलाई प्रवद्र्धन गर्दै पाल्पाको विकास छुट्टै तरिकाले गर्ने दीर्घकालीन योजना बनाउनुपर्ने उहाँको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय