भत्ता वृद्धि गर्न प्रधानाध्यापकको माग

पाल्पा । तानसेन नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले भत्ता वृद्धिका लागि माग गरेका छन् । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा विद्यालयका प्रधानाध्यापकहरुलाई उपलब्ध गराउँर्दै आएको प्रोत्साहन भत्ता समय अनुसार वृद्धि नभएकोले आर्थिक वर्ष २०८१÷८२ को बजेटमा वृद्धि गर्न माग गरेका हुन ।

शिक्षा ऐनमा व्यवस्था गरिए भन्दा कम रकम प्रोत्साहन भत्ताका रुपमा ३० औं वर्षदेखि उपलब्ध गराउर्दै आएकोले प्रधानाध्यापकहरूलाई प्रोत्साहनको सट्टा निरुत्साहित एवम् अपहेलित महसुस गराएकोले समयानुकूल प्रधानाध्यापक भत्ता वृद्धिका लागि माग गरिएको देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर थापाले बताउनुभयो । उहाँले अहिले स्थानीय सरकार मार्फत संघीय सरकारलाई आगामी बजेटमा उचित सम्बोधन गर्नका लागि तानसेन नगरपालिका अन्तर्गतका प्रधानाध्यापकहरूको बैठकले भत्ता वृद्धिका लागि अनुरोध गरिएको र माग पूरा नभए आइरहेको भत्ता माग सार्ने र फिर्ता गर्ने निर्णय समेत भएको जानकारी दिनुभयो ।

हाल मासिक रुपमा प्राथमिक तहका विद्यालयका प्रधानाध्यापकहरुले २ सय, निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुले ३ सय र माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुले ५ सय प्रोत्साहन भत्ता बुझ्र्दै आएका छन् ।

सम्बन्धित खवर